सियोन स्कुलले विद्यार्थीलाई औपचारिक शिक्षा र किताबी ज्ञानमात्र होइन, समाजको असल नागरिक निर्माण गर्ने संस्कारयुक्त शिक्षा प्रदान गर्ने लक्ष्य लिएको छ । आधुनिक प्रविधि, कम्प्युटर विज्ञान र सूचना सञ्चारको परिवर्तित युगमा प्रविधिमैत्री र व्यावहारिक शिक्षा प्रदान गर्न स्कुलले के कस्ता काम गरिरहेको छ ? भौतिक संरचना र जनशक्ति कस्तो छ भन्ने विषयमा आधारित भई स्कुलका प्रिन्सिपल खड्गबहादुर मगर सँग ब्लाष्टले गरेको कुराकानीको सम्पादिन अंशः
१ शैक्षिक सत्रको पहिलो त्रैमासिक अन्त्य हुन लाग्यो । अघिल्ला शैक्षिक सत्रको तुलनामा चालु शैक्षिक सत्रमा विद्यालयको प्रशासनिक, शैक्षिक र अतिरिक्त क्रियाकलापको स्वमूल्याङ्कन कस्तो छ?
- गत वर्षको तुलनामा व्यवस्थित गरेका छौ“ । वैशाख ४ र ५ गते शिक्षकहरूलाई तालिम दियौँ । ६ गते कक्षाबाट अध्यापन सुरु भयो । वैशाख महिनालाई नीति, नियम निर्धारणको महिनाको रूपमा लियौँ । वैशाखभरि २०८० मा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि के के क्रियाकलाप गर्ने भनी अतिरिक्त क्रियाकलाप सञ्चालनकोे वार्षिक कार्ययोजना बनायौं । जेठदेखि कार्यान्वयमा लागेका छौँ । अहिले स्कुल चलिरहेको छ ।
२. स्वभाविक रुपमा अघिल्ला वर्षको तुलनामा विद्यार्थीको सङ्ख्या विद्यालयमा बढेको हुनुपर्छ। भौतिक संरचना र पूर्वाधारहरुको अवस्था कस्तो छ ? पूर्वाधारमा यो वर्ष केही नयाँ योजना आए कि ?
- विद्यालयको आफ्नै ४ तले भूकम्पप्रतिरोधी भवन छ । प्रभावकारी शिक्षाका लागि प्रत्येक कक्षामा कम्तीमा २ वटा सेक्सन सञ्चालन छन् । यसले विद्यार्थीको चाप व्यवस्थापन गर्न सहयोग पुर्याएको छ । विद्यालयको आफ्नै ५ वटा बस सञ्चालनमा छन् । विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी स्वच्छ खानेपानीको व्यवस्था गरिएको छ । खेल्नका लागि विद्यार्थीहरूलाई ट्रससहितको ग्राउण्ड र बास्केटबल कोर्ट छ । विद्यार्थीहरूका लागि विद्यालयमा क्यान्टिनको सुविधा छ । भौतिक पूर्वाधारमा ‘आउट स्ट्याण्डिङ इन्फ्रा स्ट्रक्चर’ अवार्ड सियोन स्कुलले पाएको छ ।
३. यीबाहेक सियोन स्कुलमा विद्यार्थी र अभिभावकको आकर्षण बढ्नुको कारण के होला ?
- सियोन स्कुलको शिक्षा किताबी शिक्षा मात्रै नभएर व्यावहारिक शिक्षा हो । अहिले विश्वबजारले कस्तो जनशक्ति खोजिरहेको छ भन्ने कुरालाई मध्यनजर गरेर अध्यापन गरिरहेका छौँ । व्यावहारिक जनचेतामूलक सावधानीका कुरा समेट्न प्रयत्न गरेका छौे“ । सबै पक्षलाई समानान्तर रूपमा अघि बढाइरहेका छौँ । हामीसँग दक्ष जनशक्ति, अनुभवी र समर्पित जनशक्ति रहेको छ । ९० जनाभन्दा बढी शिक्षक तथा कर्मचारी छन् । विद्यालयमा सय जना क्षमता रहेको गल्र्स होस्टेलका साथै १ सय ५० जना क्षमता रहेको ब्वाइज होस्टेल छ । विद्यालयमा साइन्स ल्याव, कम्प्युटर ल्याव, पुस्तकालय, अडियो भिजुअल कक्षा, सेमिनार हल, नृत्य कक्षाको व्यवस्था छ ।
४. विद्यालयमा नियमित शैक्षणिक क्रियाकलाप हुनुभन्दा अगाडि शिक्षक कर्मचारीको नियमित बैठक बस्ने, दैनिक कार्य मूल्याङ्कन गर्ने सियोन स्कुलको विशेषता नै छ । यसले शैक्षिक क्रियाकलाप र विद्यार्थीहरुको सिकाइ उपलब्धिमा कस्तो भिन्नता देखापर्ने रहेछ ?
- प्रत्येक दिन बैठक बस्छौँ । दैनिक अपडेट हुन्छ । हिजो के भयो आज के भइरहेको छ र भोलि के हुनेछ भन्ने स्पष्ट हुन्छ । काम गर्नका लागि सहज हुन्छ ।
५. विद्यालयमा सांस्कृतिक पोसाक लगाउने, स्थानीय सरकारको बुक फ्री डे लगायतका नीति तथा कार्यक्रमलाई कुन रूपमा हेर्नुभएको छ ?
- म नेपालप्रेमी मान्छे हुँ । अमेरिकामा नेपाली झण्डा बोकेर गएँ । नेपाल देश र जनतालाई माया गर्छु । ५ वर्ष अघिदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार सांस्कृतिक पोसाकको अवधारणा लिएका छौँ । पोसाक मात्रै नभएर अन्य संस्कार र संस्कृतिलाई पनि जगेर्ना गरिरहेका छौँ । बुक फ्रि डे लाई सकारात्मक रूपमा लिएका छौँ । एकदिन अतिरिक्त क्रियाकलाप गराउने भन्ने हाम्रो पहिले नै कुरा भइरहेको थियो । अभ्यास, जनचेतनामूलक सेमिनार गर्ने भनिरहेका थियौँ । नगरप्रमुखले पनि घोषणा गर्नुभयो । हामी खुसी भएका छौँ । समसामयिक विषयमा जनचेतना दिने गर्छौं ।
६. निजी तथा संस्थागत विद्यालयलाई स्थानीय सरकारले हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ? निजी तथा संस्थागत विद्यालयको वृत्ति विकासमा स्थानीय सरकारको कस्तो भूमिका हुनुपर्छ ?
- स्थानीय सरकारले साथ दिइरहेको छ । कोही कोही नानी सरकारी स्कुल जान्छन् । बोर्डिङ स्कुल पढेकालाई सरकारले छात्रवृत्ति दिँदैन, जागिर पाउँदैन भन्ने परेको छ । यो सरकारबाट आएको हो भने यसमा मेरो विमति छ । सरकारी स्कुलकालाई मात्रै छात्रवृत्ति दिने र जागिर पाउने हो भने निजी स्कुललाई अनुमति किन दिएको त ? बोर्डिङ स्कुल पनि सरकारको अनुमतिमा चलेको होइन र ? निजी र सरकारी स्कुल पढेका आधारमा विभेद नहोस् ।
७. विद्यालयले गरिब, जेहेन्दार तथा क्षमतावान्, सिर्जनशील विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुपर्छ । विद्यालयको यो सामाजिक उत्तरदायित्व पनि हो । विद्यार्थीको छात्रवृत्तिका लागि विद्यालयको नीति कस्तो छ ? कति विद्यार्थी लाभान्वित छन् ?
- सरकारले दिएको मापदण्ड १० प्रतिशत हो । हामीले गतवर्ष ७ सय ६० विद्यार्थीमध्ये १ सय २८ जनालाई छात्रवृत्ति प्रदान गर्यौँ । यसले गर्दा आर्थिक व्यवस्थापनमा कठिनाइ आयो । कक्षा १० सम्म अध्यापन गराउने २७ जना स्नातकोत्तर गरेका शिक्षक छन् । उनीहरूलाई सरकारी बराबर नभए पनि सम्मानजनक तलबभत्ताको व्यवस्था गर्न हामीलाई कठिन भयो । नाफा, घाटा बराबरमा सञ्चालित छ ।
८. विद्यालयले यसबाहेक सामाजिक उत्तरदायित्वका लागि के कस्ता क्रियाकलाप गर्दै आएको छ ?
- हामी समुदायमा बसेका छौ“ । त्यसले गर्दा सकेसम्म स्थानीय सरकारस“ग समन्वय र सहकार्य गरेर सामाजिक उत्तरदायित्वको काम गरिरहेका छौँ । ट्राफिक ब्यारियरलगायतका सामाजिक काम गरेका छौँ । सहकार्यका लागि हामीलाई सम्झनु भनेर वडाध्यक्षज्यूलाई पनि भनेका छौँ।
९. खेलकुदका विधाहरुमा पनि सियोन स्कुल अब्बल रहेको देखिन्छ । खेलकुदका विभिन्न प्रतियोगितामा भाग लिने र विजेता बनेको समाचार आइरहेका छन् । खेलकुदको क्षेत्रमा विद्यालयको लगानी, प्रतिफल र विद्यार्थीको उत्साह कस्तो पाउनुभएको छ ?
- भर्खरै पनि हाम्रा विद्यार्थीले बिर्तामोडमा आयोजित प्रदेशस्तरीय बास्केटबलमा गोल्ड मेडल ल्याएका छन् । हाम्रो स्कुलमा स्ट्याण्डर्ड बास्केटबल कोर्ट छ । लगानीअनुसारको प्रतिफल राम्रै छ ।
१०. अन्य विद्यालयभन्दा सियोन स्कुल फरक छ । चाहे त्यो शैक्षिक क्रियाकलापमा होस् या अतिरिक्त क्रियाकलापमा होस्, यसलाई अझ प्रभावकारी बनाउन विद्यालयका आगामी योजना केके छन् ?
- बदलिँदो समाज, परिवर्तन र आधुनिकतालाई मध्यनजर गर्दै सियोन स्कुल धरानले सिक्ने, सिकाउने र जीवनोपयोगी शिक्षा पद्धतिलाई आत्मसात गरिरहेको छ । गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएका छौँ । कमजोर विद्यार्थीलाई पनि लिएर राम्रो बनाऊँ भन्ने अवधारणा लिएका छौँ । गुणस्तरीय शिक्षा दिऔँ भन्ने योजना छ ।