विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले ३० दिनभित्र विश्वासको मत लिने बताएका हुन् ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको दाबी पेश (blastkhabar.com)
कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त (blastkhabar.com)
उनले सभामुखले वर्तमान सरकार गठनका क्रममा गरेको हस्ताक्षरको विषयमा आउने दिनमा संविधानको व्याख्यामार्फत प्रष्ट पार्ने संकेत गरे ।
‘यो गलत छ या ठिक छ भन्ने कुरा संविधानले नै यस विषयमा प्रष्ट पार्छ,’थापाले भने, ‘तटस्थ सदस्यको नाताले उहाँले समर्थन गर्नुभएको हो । सभामुखलाई हामीले विवादमा पारेका छैनौँ । उहाँ सभामुख मात्रै होइन । प्रदेशसभाको सदस्य पनि हो । ९३ जनामै पर्नुहुन्छ । प्रदेशसभाको सदस्यको नाताले उहाँले समर्थन गर्नुभएको हो ।’
कोशीमा गठबन्धनले दाबी गर्नुअघि नै प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण (blastkhabar.com)
सभामुखले राजीनामा दिन लागेका हुन् ? भन्ने प्रश्नमा थापाले भने, ‘सभामुखबाट राजीनामा हुँदैन ।’ उनले आफ्ना प्राथमिकता प्रदेशको विकास र समृद्धि रहेको बताए ।
‘यो सरकारको प्राथमिकता समग्र प्रदेशको विकास र समृद्धि, आर्थिक उन्नतिको कुरा नै हुनेछन् । स्वास्थ्य, शिक्षा प्राथमिकतामा रहनेछ । पहिचानको मुद्दालाई पनि वार्ताको माध्यमाबाट वार्ता समिति गठन गरेर अधिकतम सम्बोधन गर्ने प्रयास गर्छौँ,’ थापाले भने ।
उनले प्रदेशको नाम अहिले परिवर्तन नहुने स्पष्ट पारे । उनले गठबन्धन दल बिच आलोपालोको कुरा नभएको भन्दै गठबन्धनकै साझा योजना अनुरूप सरकार सञ्चालन हुने बताए । भोली हुने शपथग्रहणको क्रममा केही मन्त्रीहरूलाई पनि शपथ गराइने नवनियुक्त मुख्यमन्त्री थापाले बताए ।