श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार २३ गते शनिबार, ८ जुलाई २०२३, पिङ्गलनाम संवत्सर । श्रावण कृष्णपक्षको षष्ठी तिथि २२ः११ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पूर्वभाद्र २२ः५३ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः१४ बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। आँटले काम लिन नसक्दा पछि परिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अहिलेको फाइदा हेर्दा पछिको फाइदा घट्नेछ। कामको तालमेल नमिल्दा योजना अधुरै रहला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदा कम भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्म–कर्म तथा परोपकारमा प्रवृत्त भइएला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । अरूको भर पर्दा प्रभावकारी काम नहुन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिगो कामको जग बसाउन सकिनेछ।कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अस्वस्थ शरीर लिएर पनि काममा जुट्नुपर्ने समय छ । अवसरका लागि केही त्याग गर्नुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफलका लागि समय पर्खनु पर्नेछ। आहारविहारमा ध्यान पु¥याउनु होला।