कोशी प्रदेशका सभामुख बाबुराम गौतमले प्रदेशसभामा आफ्नो निष्पक्षतामाथि प्रश्न उठ्यो वा विरोध भयो भने नैतिकताको आधारमा राजीनामा दिने बताएका छन् ।
गठबन्धन दलका तर्फबाट काँग्रेस नेता उद्धव थापाले मुख्यमन्त्रीको दाबी पेसमा हस्ताक्षर गरेका उनको हस्ताक्षरको विरुद्ध आलोचित बनेका छन् । सभामुख बनेसँगै दल त्याग गरेका उनी सरकार बनाउने र गिराउने खेलमा सामेल हुन नभई निष्पक्ष हुनुपर्नेमा उनको निष्पक्षता माथि प्रश्न उठाइको छ ।
तर, आफ्नो निष्पक्षतामा प्रश्न उठाउनुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ । ‘प्रदेशसभामा गतिरोध उत्पन्न भएकाले यसलाई निकास दिनका लागि मैले हस्ताक्षर गरेको हुँ’ उनले भने, ‘प्रदेशसभामा मेरो निष्पक्षतामाथि प्रश्न उठ्यो वा विरोध भयो भने नैतिकताको आधारमा मैले राजीनामा दिनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा म राजीनामा दिन तयार छु ।’