बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले कामयमुकाय उपकुलपति डा. प्रह्लाद कार्कीलाई बधाई ज्ञापन गर्दै विभागीय शिक्षकहरूको स्तरवृद्धि गरिदिन माग गरेको छ । 

हालै कायममुकाम उपकुलपति बनेका कार्कीलाई शुक्रबार भेटघाट गरी शिक्षकहरूको स्तरवृद्धिको माग गरिएको अध्यक्ष डा. अरुण सिंहले जानकारी दिए । उनका अनुसार शिक्षकका बालबालिकाहरूलाई स्नातकको सिटबारे पनि आग्रह गरिएको छ । कामु उपकुलपति कार्की मागप्रति सकारात्मक देखिएको उनले जानकारी दिए । कामु उपकुलपति कार्की समाजका पूर्वअध्यक्षसमेत हुन् । समाज सन् २००५ मा गठन भएको हो ।