श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार २४ गते आइतबार, ९ जुलाई २०२३, पिङ्गलनाम संवत्सर । श्रावण कृष्णपक्षको सप्तमी तिथि २०ः१८ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र उत्तरभाद्र १९ः४५ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः१४ बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समयमा निर्णय लिन नसक्दा पुरानै काम दोहो¥याउनुपर्ला। नियमित काम सम्पादन भए पनि दुविधा उत्पन्न हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बेसुरमा काम गर्दा समस्या पर्नेछ। तापनि लगनशीलताले काम सम्पादन हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। भविष्यका लागि भने कामको जग बसाउने मौका छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। स्वास्थ्य कमजोर रहे पनि कामको चाप बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अर्थका हिसाबले पनि दिन कमजोर रहला। परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेको समस्या सुल्झाउन निकै परिश्रम गर्नुपर्ला। सहयोग गर्नेहरू कमै भेटिनेछन्।