श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार  २५ गते सोमबार, १० जुलाई २०२३, पिङ्गलनाम संवत्सर । श्रावण कृष्णपक्षको  अष्टमी  तिथि  १९ः०२ बजेसम्म,  उप्रान्त नवमी, नक्षत्र रेवती १९ः१५ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ०५ः१५ बजे र सूर्यास्त ०७ः०२ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
धेरै लगानी गरे पनि थोरै मात्र फाइदा हुनेछ । धनमाल जोगाउन सजग रहनुहोला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमजोरी सुधार गर्ने मौका छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरमा सुख र समृद्धिको आगमन हुनेछ। अतिथिका रूपमा सत्कार पाइएला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानी बढाउने काम सुरु गर्न पनि सकिनेछ । आलश्य गर्ने बानीले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
केही चुनौतीहरू देखिनेछन् । सोचेको फाइदा उठाउन नसकिएला । काममा समस्या थपिन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा बाधा पु¥याउनेहरू प्रशस्तै हुनेछन् । ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ । तत्काल लाभ नभए पनि व्यापारको स्रोत पहिल्याउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रचनात्मक काममा जुट्ने समय छ। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ।स्वास्थ्यमा समस्या देखिएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सवारी साधन खरिद बिक्री हुनेछ । लामो दूरीको यात्रा होला। समाजसेवामा रुचि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेमसम्बन्धमा समस्या आउने भएकाले संयमता अपनाउँदा उत्तम हुनेछ । छोटो दूरीको यात्रा हुनेछ।