आज तिथिले श्रावण कृष्ण अष्टमी । साउन महिनाभर रुद्राक्ष्यरण्य भगवान श्री पिण्डेश्वर महादेवको पूजा, अर्चना, ध्यान तप गरे पूण्यार्जन हुने धार्मिक विश्वास छ । तिथिले श्रावण महिना सुरु भएपछि पहिलो सोमबार भक्तजनहरु पिण्डेश्वर महादेवलाई जल चढाउन विजयपुरस्थित बाबाधाम पुगेका छन् । विश्वासअनुसार यस वर्षको बोलबम पदयात्रा सुरु भएको छ । 

चतरास्थित सप्तकोशीको जल ल्याई पिण्डेश्वर महादेवलाई अर्पण गर्ने धार्मिक परम्परा रहिआएको छ । भक्तजनहरु वराहक्षेत्रस्थित कोका–कौशिकी संगम स्थल, प्राचीन हरिद्वार चतरा धामबाट सप्तकोशी नदीको पवित्र जल उठाई महादेवको संकल्प गरी ‘बोलबम– बोलबम’ भन्दै पैदल हिंडेर पिण्डेश्वर महादेवलाई १ सय ८ बेलपत्र, धतुरोसहित अर्पण गर्ने गर्दछन् । 

धार्मिक मान्यताअनुसार साउन महिना महादेवको प्रिय महिना हो । यो महिनामा महादेवको पूजा अर्जना र प्रियवस्तु अर्पण गरे मनोवाञ्छित फल प्राप्त हुने विश्वास छ । 

तिथिले  साउन भेटेपछि भक्तजनहरु बोलबम आउन थालेको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले बताए । भगवान् शिवको आँसु खसेर रुद्राक्ष्य उत्पन्न भएको र सोही क्षेत्र रुद्राक्ष्यरण्य महादेवका रुपमा स्थापित भएको पौराणिक विश्वास छ । हिन्दू धार्मिक शास्त्रहरुमा पिण्डेश्वर महादेवलाई रुद्राक्षरण्य महादेवका रुपमा व्याख्या गरिएको छ । 

Bolbam 080 Asar blastkhabar (1)

Bolbam 080 Asar blastkhabar (2)

Bolbam 080 Asar blastkhabar (4)

Bolbam 080 Asar blastkhabar (5)

Bolbam 080 Asar blastkhabar (6)

Bolbam 080 Asar blastkhabar (7)

bolbam dharan blastkhabar.com

bolbam dharan blastkhabar.com (1)

bolbam dharan blastkhabar.com (2)

bolbam dharan blastkhabar.com (3)

bolbam dharan blastkhabar.com (4)

चन्द्रमासअनुसार पहिलो साउने सोमबार आज परेको छ । आजबाट सोमबारे व्रत शुरु भएको छ । सौर्यमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेकाले आजबाट नै व्रत शुरु भएको हो । चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास शुरु हुन्छ ।