भारी वर्षाका कारण उत्तर र पश्चिम भारतमा ठूलो क्षति पुगेको छ ।
हिमाञ्चल प्रदेशलगायत पहाडी राज्यहरूले सबैभन्दा बढी क्षति भएकाे त्यहाका स्थानिय संञ्चारमाध्यमहरूले जनाएका छन्। अविरल वर्षाका कारण गएको २४ घण्टामा पहिरो, हावाहुरीका कारण घर भत्किएर, रुख लडेर तथा चट्याङका कारण भारतमा ३४ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।
सबैभन्दा बढी हिमाञ्चल प्रदेशमा ११ जनाको मृत्यु भएको छ । यसबाहेक उत्तर प्रदेशमा ८ जना, उत्तराखण्डमा ६ जना, दिल्लीमा ३ जना, जम्मु काश्मिर, हरियाणा र पञ्जाबमा २/२ जनाको मृत्यु भएको छ । हिमाञ्चलको मण्डीस्थित ब्यास नदीमा आएको बाढीले ४० वर्ष पुरानो पुल बगाएको छ ।
दिल्लीमा ४१ वर्षपछि जुलाईमा एकै दिन १५३ मिलिमिटर वर्षा भएको छ । वर्षाका कारण उत्तरी रेलवेले १७ वटा रेल रद्द गरेको छ । १२ वटा रेलको रुट परिवर्तन गर्नुपर्नेछ ।