सरदार प्रितम सिंहको किताब विमोचन कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिएको अभिव्यक्तिको स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बसको प्रतिनिधि सभा बैठकमा उक्त आफ्नो अविव्यक्तिको प्रष्टीकरण दिएका हुन् ।
प्रधानमन्त्री बन्न भारत जानुपर्ने आशयको अभिव्यक्ति प्रति आलोचित बनेको दाहालले आफू भावनामा गएको बताएका छन् उनले आफूले उक्त अभिव्यक्ति नदिएको भए पनि हुने भन्दै पारिवारिक मित्रताले भावनात्मक भएको बताए ।
उनले भने ' म अलिकति भावनात्मक छु नै । यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के ? थोरै भावनामा म आएँ । मैले त्यो कुरा नभने हुन्थ्यो । भन्नुपर्ने जरुरी थिएन । तर मैले भनेँ । मनमा आयो भनेँ । राष्ट्रप्रति नै घात गर्ने कुरा हो त यो ? यति सहज र स्वाभाविक कुरा प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो । मैले प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुबा भएर बोलेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ । सदाशयताका निम्ति धन्यवाद दिन पुगेँ । त्यति त हो कुरा । उनले भनेर कसैलाई प्रधानमन्त्री हुने वा बन्ने भन्ने होइन। कसैलाई प्रधानमन्त्री बनाउने सामर्थ्य पनि छैन । त्यस्तो खालको व्यक्ति पनि होइनन् । हिजो अस्ति प्रितम आफैले पनि भनेका छन् । उनीसँग नेता तथा प्रधानमन्त्रीको सम्बन्ध पनि छैन । उनीसँग बिरामी छोरीलाई सहयोग गरेको कृतक्ष बाबुको सम्बन्ध मात्रै हो ।’