श्री शालवाहनीय शाके १९४३ ने. सं. ११४३ वि. सं. २०८० साल असार २६ गते मङ्गलबार, ११ जुलाई २०२३, पिङ्गलनाम संवत्सर। श्रावण कृष्णपक्षको नवमी तिथि १८ः२४ बजेसम्म,  उप्रान्त दशमी, नक्षत्र अश्विनी   १९ः२१ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०५ः१५ बजे र सूर्यास्त ०७ः०२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिले खर्च बढाउनेछ । आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला । प्रतिफल कम देखिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
फाइदाका लागि केही त्याग्नुपर्ने हुनसक्छ । अवसरवादीहरूबाट सजग रहनुहोला ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ । पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ । काम व्यवसायमा रूपान्तरित हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम र दाम दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिवश केही समस्यामा अल्झनु पर्ने देखिन्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बाध्यताले अलमल्याउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।