श्री शालवाहनीय शाके १९४३ ने. सं. ११४३ वि. सं. २०८० साल असार २७ गते बुधबार, १२ जुलाई २०२३, पिङ्गलनाम संवत्सर। श्रावण कृष्णपक्षको दशमी तिथि १८ः१९ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र भरणी २०ः०१ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०५ः१६ बजे र सूर्यास्त ०७ः०२बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। अर्थअभावले विशेष काम रोकिन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तर, अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापटमा गएको रकम तत्काल फिर्ता नहुन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आश्वासन बाँड्नेहरूले झुक्याउलान् । टाढाका साथीभाइ नजिकिनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुरुमा रोकिएको काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आवश्यक भौतिक साधन जुट्नेछन्। तर, लगानीका रूपमा सञ्चित धन उपयोग गर्नुपर्ने हुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ। नाम र प्रतिष्ठा दिलाउन सक्छ।