कोशी प्रदेश सरकार गठनविरूद्धको रिटमा सुनुवाई सकिएको छ । 

‘संविधानको धारा १६८(२) द्वारा निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गर्दै कोशी प्रदेशका निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएको रिटमा सुनुवाई सकिएको हो । 

रिटमाथिको आदेश आजै आउने बताइएको छ ।

कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा न्यायाधीश सपना मल्ल प्रधानको इजालसमा परेको थियो ।