श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार २८ गते बिहीबार, १३ जुलाई २०२३, पिङ्गलनाम संवत्सर । श्रावण कृष्णपक्षको एकादशी तिथि १८ः४५ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र कृतिका २१ः१० बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः१६ बजे र सूर्यास्त ०७ः०२ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ । स्वास्थ्यका लागि खर्च बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला । कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पर्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रबल इच्छाशक्तिले लक्ष्यमा पु¥याउनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिले खर्च बढाउनेछ । आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला । प्रतिफल कम देखिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । लगानी बढाउनु परे पनि उधारोमा व्यापार हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
फाइदाका लागि केही त्याग्नुपर्ने हुनसक्छ । अवसरवादीहरूबाट सजग रहनुहोला । यात्रा गर्ने अवसर जुट्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ । दिगो काममा जग बसाउने मौका छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ । मिहिनेतीहरूलाई कार्यसिद्धिको समय छ ।