बुधबार सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार हुँदा बिहीबार आठ सय रुपैयाँले वृद्धि हुँदै प्रतितोला एक लाख १२ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार भन्दा तोलामा सुनको मूल्य ८ सय रुपैयाँले वृद्धि भएको हो ।
चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै जाँदा यसको असर स्थानीय बजारमा देखिएको छ । बुधबार प्रतिऔंस १९३९.०५ डलर रहेको सुन बिहीबार बढेर प्रतिऔंस १९५६.७४ डलर पुगेको छ । चाँदी प्रतिऔंस २३.२६ डलरबाट वृद्धि भएर बिहीबार २४.७३ डलरमा कारोबार भइरहेको छ ।