लगातारको वर्षाले इटहरीका केही स्थानहरूमा डुबान सुरु गरेपछि  इटहरी उपमहानगरपालिकाले आज एक दिनको लागी उपमहानगरपालिका क्षेत्रभित्र रहेका विद्यालयहरूमा बिदा दिएको छ । 

वर्षाका कारण इटहरीका केही वडा जलमग्न भएसँगै आज बिहान नगरप्रमुख हेमकर्ण पौडेलले  सूचना जारी गर्दै स्थानीय बिदाबाट कट्टा हुने गरी एक दिनका लागी विद्यालय बिदा  दिएका हुन् । 

सूचनामा भनिएको छः प्रतिकुल मौसमका कारण लगातारको वर्षाले गर्दा विद्यालयहरूमा पठनपाठन  गर्न कठिनाइ सिर्जना भएको हुँदा स्थानीय बिदाबाट कट्टा हुने गरी  मिति २०८००३२८ गत (एक दिन)  यस उपमहानगरपालिकाभित्र सञ्चालित विद्यालयहरू  बिदा गरिएको  हुँदा सोही बमोजिम गर्नु गराउनुहुन जानकारीका लागि  यो सूचना प्रकाशन गरिएको छ ।