श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार २९ गते शुक्रबार, १४ जुलाई २०२३, पिङ्गलनाम संवत्सर । श्रावण कृष्णपक्षको द्वादशी तिथि १९ः३७ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र रोहिणी २२ः४४ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः१७ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विवादमा परिने सम्भावना छ । आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। समय पर्खनु बुद्धिमानी हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बेलैमा होस नपु¥याउँदा केही चुनौती झेल्नुपर्ला । समयको प्रतिकूलताले काम बिग्रन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आवश्यक पर्दा शुभचिन्तकहरूसमेत टाढा हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिश्रमको प्रतिफल प्राप्त हुनेछ। मुस्किलले काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ । आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । पछिका लागि लगानी गर्न सकिनेछ ।