हजुर बुबाको पिटाइबाट बैतडीमा नातिको मृत्यु भएको छ ।
पुर्चौडी नगरपालिका– ६ मुडेलीधारका ५० वर्षीय हजुरबुबा गणेश साउदको पिटाइबाट २ वर्षीय रेशमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । कार्यालयका अनुसार घरमा अन्य अभिभावक नभएको बेला हजुरबुबा गणेश रेशम र उनका ८ वर्षीय दाजु रिजनलाई कुटपिट गरेका थिए ।
हजुबुबाको कुटपिटबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका लागि डडेलधुरा अस्पतालमा लगिएकोमा रेशमको उपचारको क्रममा मृत्यु भएको कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै, अर्का गम्भीर घाइते रिजनलाई भने थप उपचारका लागि धनगढी स्थित नवजीवन अस्पतालमा लगिएको छ । उनकाे अस्पतालकाे सघन कक्ष (आइसियु)मा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।
बुबा धनगढी रहेको र बालकका आमा र हजुरआमा घाँस काट्न गएका गएका बेला हजुरबुबा उनीहरूमाथि निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको लिइएको छ । उनकाे मानसिक स्वास्थ्य ठिक नभएका भनिएका बताइएकाे छ ।