अष्ट्रेलियाको राष्ट्रिय युवा फोरमको सचिवमा प्रवेश पौडेलले उम्मेदवारी दिएका छन् । अष्ट्रेलियामा नेपाली समाजमा लोकप्रिय पौडेलले गैर आवसिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय युवा फोरममा सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । निर्वाचन जुलाई २९ मा हुँदैछ ।

अन्तराष्ट्रिय विद्यार्थीको रूपमा अष्ट्रेलिया पुगेका पौडेल त्यहाँको नेपाली समाजमा सहयोगी एवम् युवा पुस्तामा कला र क्षमताका अब्बल व्यक्तिका रूपमा परिचित छन् । अष्ट्रेलियाबाट बिजनेस र एकाउन्टेनमा दुई विषयमा मास्टर गरेका पौडेल लामो समय देखि अध्ययन रोजगारी र हाल बैंकिङ क्षेत्रमा आबद्ध रही विभिन्न सामाजिक संघ संस्थामा काम गर्दै आएका छन् । पौडेलले अष्ट्रेलियामा रहेका नेपालीलाई हरेक समस्यामा साथ दिँदै आएका छन् ।

एनआरएनए अष्ट्रिेलियाको टाक्स फोर्समा काम गरिसकेका पौडेल नेप्लीज कम्युनिटी अफ न्यूकालसका संस्थापक सह–सचिव र निवर्तमान सचिव हुन । आगामी २०२३–०२५ को कार्यकालमा सचिव पदमा विजयी भए पश्चात् पौडेलले के–के गर्ने भन्ने योजना नै तय गरेका छन् । नेपाली समुदायका हरेक गतिविधिमा साथ दिने देखि विशेष गरी युवा र विद्यार्थी केन्द्रित धेरै योजनासहित जिम्मेवारी लिने र पदमा बस्दा रचनात्मक काम गर्ने उद्घोष छन् ।

अष्ट्रेलियामा राष्ट्रिय युवा सम्मेलन गरेर सम्पूर्ण युवा र विद्यार्थीलाई एकताबद्ध बनाएर काम गर्ने, स्वरोजगार, आत्मनिर्भर, युवाको सुन्दर भविष्यसँग जोडिएका सवाल र मानसिक स्वास्थ्यलगायतका दर्जनौँ विशेष कार्यक्रम ल्याउने उनको योजना छ ।

अष्ट्रेलियामा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीलाई नजिकबाट सहयोग गर्दै आएका पौडेल राष्ट्रिय युवा फोरमका हेविवेट उम्मेदवार मानिएका छन् । नेपाली युवामा सम्भावना बोकेका युवा भएकाले उनलाई सबैले सद्भाव राखेका छन् ।