धरान । सम्यक शिक्षा समूह धरानले सम्यक छात्रवृत्ति परियोजनाअन्तर्गत धरान–१० को पञ्चायत माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । 

आर्थिक अवस्था कमजोर भएका १५ जना विद्यार्थीहरूलाई छात्रवृत्ति स्वरूप शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको परियोजना निर्देशक सन्दीप शाक्यले जानकारी दिए ।

२०६९ सालदेखि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी परियोजना सुरु गरिएको हो । उनीहरूलाई दैनिक प्रयोगमा आउने साबुन, टुथपेष्ट, ब्रस, छाता, जुत्ता, मोजालगायतका सामग्री दिएको समूहकी अध्यक्ष अनुपमा शाक्यले जानकारी दिइन् । विद्यालयका प्रधानाध्यापक उत्तम श्रेष्ठले विद्यार्थीहरूलाई हौसला प्रदान गरेकाले संस्थालाई धन्यवाद ज्ञापन गरे ।