धरान । लागूऔषध मुद्दामा सजाय पाई फरार रहेका एक अपराधीलाई झापा प्रहरीले पक्राउ गरेको छ । 

झापा जिल्ला अदालतले ५ महिना पाँच दिन कैद सजाय सुनाएका झापा बाह्रदशी गाउँपालिका–२ का ३२ वर्षीय सूर्यप्रसाद राजवंशीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

जिल्ला अदालतले २०७८ भदौ १० गते फैसला गरेको थियो । फरार अभियुक्त राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले पक्राउ गरी बिहीबार झापा जिल्ला अदालतमा हाजिर गराई कैद भुक्तानका लागि कारागार पठाएको जनाएको छ ।