‘वर्तमान सत्ता गठबन्धन संविधानको उल्लंघन गर्ने, संवैधानिक संस्थाहरूमा हस्तक्षेप गर्ने, तिनीहरूलाई विवादित र निष्प्रभावी बनाउने तथा लोकतन्त्रलाई जगैदेखि खलबल्याउने काममा उद्यत रहेको भन्दै नेकपा एमालेले कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न माग गरेको छ ।
‘अवैधानिक ढङ्गले गठन गरिएको कोशी प्रदेश सरकार भङ्ग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गर्दछ’, एमालेको ६ बुँदे प्रस्तावको पहिलो नम्बरमा भनिएको छ ।
शनिबार बसेको एमाले सचिवालय बैठकले विभिन्न ६ प्रस्ताव पारित गर्दै यस्तो माग गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । सत्ता गठबन्धनबाट गरिएको संविधानविरोधी क्रियाकलाप यस शृङ्खलाको पछिल्लो कडीका रूपमा रहेको छ’, एमाले सचिवालय बैठकले पारित गरेको पहिलो प्रस्तावमा भनिएको छ ।
एमालेले संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना नगरेको भन्दै सभामुख दलीय आबद्धताबाट अलग हुनुपर्ने भए पनि कोशीमा सरकार गठन र हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुनु संसदीय अभ्यासमाथिको हस्तक्षेप भनेको छ ।