श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार ३१ गते आइतबार, १६ जुलाई २०२३, पिङ्गलनाम संवत्सर। श्रावण कृष्णपक्षको चतुर्दशी तिथि २२ः२४ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र आद्र्रा भोलि २ः५२ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः१८ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समयमा होस नपुग्नाले अनायासै व्यवधान देखापर्न सक्छ। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायबाट मनग्य धनलाभ हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले पनि राम्रै फाइदा दिलाउनेछ।   
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मध्याह्नदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ, सजग रहनुहोला । खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। मध्याह्नपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सरसापटमा रकम बाहिरिन सक्छ। लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ईष्र्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च पनि बढाउनेछ। आलश्य गर्दा आँटेको काम बीचैमा रोकिन सक्छ।