विराटनगर । कृषि विकास बैंकले बाढीपीडितलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । अविरल वर्षाका कारण ताप्लेजुङ, सङ्खुवासभा तथा फिदिम लगायत पूर्वी पहाडी जिल्लामा आएको बाढी र पहिरोबाट पीडित भएकाहरूलाई बैंककले आर्थिक सहयोग गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट आफ्ना साबिक स्थानका शाखाहरू मार्फत स्थानीय विपद् व्यवस्थापन कोषमा राहत रकम प्रदान गरेको छ ।
बैकको ताप्लेजुङ शाखा मार्फत बढी प्रभावित सिदिङवा गाउँपालिकाका पहिरो पीडित परिवारलाई १ लाख रुपियाँ राहत प्रदान गरेको छ । ताप्लेजुङ शाखाका प्रबन्धक जीरन बुढाथोकीले सिदिङवा गाउँपालिका कार्यालयका प्रतिनिधि शिक्षा अधिकृत विराज कट्टेललाई १ लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैकका अन्य कर्मचारी तथा पालीकाका कर्मचारी र समाजसेवी समेतको उपस्थितिमा सो चेक हस्तान्तरण गरिएको हो ।
पालिकाको विपद् व्यवस्थापन कोषमार्फत उक्त रकम बाढी पहिरो पीडित सम्म पुग्ने बैकले विश्वास गरेको छ । गाउँपालिकामा २७ घर प्रत्यक्ष प्रभावित, ५२ परिवार उच्च जोखिममा रहेको र ठुलो सङ्ख्यामा विस्थापित भएका छन् ।
यस्तै गरी पाँचथरको हेवाखोला बाढी पीडितहरूका लागि कृषि विकास बैक फिदिम शाखाले पनि एक ला रुपैयाँ आर्थिक सहयोग गरेको छ । फिदिम नगरपालिका ४ का वडा अध्यक्ष उपेन्द्र लावती मार्फत पालीकाको विपत् व्यवस्थापन कोषमा जम्मा हुने गरी बढिपहिरो स्थलमा गएर १ लाख बरावरको चेक फिदिम शाखाका प्रबन्धक सम्झना थेबेले हस्तान्तरण गरे ।
यसै गरी चैनपुर नगरपालिका स्थानीय विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी बैकले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । असार २ गते हेवा खोला र पिलुवा खोलामा आएको विनाशकारी बाढी पहिरो बाट पीडित तथा विस्थापितहरूको सहयोगका लागी बैकले सो रकम सहयोग गरेको हो । चैनपुर नगरपालिकाका तर्फबाट नगरप्रमुख कृष्ण कुमार तामाङ र पालीकाका प्रशासकीय अधिकृत किरण प्रसाद ढकाल लाई कृषि विकास बैक लि. चैनपुरका शाखा प्रबन्धक सन्तोषजंग कार्कीले बैैक र पालीकाका प्रतिनिधि उपस्थित कार्यक्रममा १ लाख बराबरको चेक हस्तान्तरण गरेका छन् ।
स्थापनाकाल देखि निरन्तर रूपमा पूर्वी क्षेत्रका सहर देखी ग्रामीण क्षेत्र सम्म सरल, सहज र अत्याधुनिक बैङ्किङ सेवा सुविधा पुर्याउदै आएको कृषि विकास बैकले आफ्ना ग्राहक र सर्वसाधारणको हरेक दुख सुखमा साथमा रहने कृषि विकास बैंक कोशी प्रदेश निर्देशक रञ्जन खनालले बताए ।