विराटनगर । विराटनगरस्थित ग्रिनल्याण्ड कलेजले पाइलट विद्यार्थीलाई सम्मान गरेको छ । प्लस टुमा ग्रिनल्याण्ड कलेज अध्ययन गरेर अहिले पाइलट भएका प्रमोद उराऊलाई कलेजले आइतबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । 

उराऊले कक्षा ११ र १२ विज्ञान संकाय लिएर ग्रिनल्याण्डमा अध्ययन गरेका थिए । प्रमोद उराऊ सामुदायबाट पहिलो पटक पाइलट बनेका हुन् । अल्पसंख्यक सामुदायमा पर्ने झाँगड (उराऊ) सामुदायबाट पाइलट बन्ने उनी पहिलो व्यक्ति हुन् । 

२०७६ सालमा ग्रिनल्याण्ड पढेका उराऊ अहिले बुद्ध एयरलाइन्सको जहाज उडाउदै आएका छन् । ग्रिनल्याण्ड अध्ययन गर्ने विद्यार्थी पाइलट, एमबीबीएस, बीडिएस, बिएससी नर्सिङ्ग, इन्जिनियरिङ्ग तथा बीबीए छात्रवृतीमा पढी रहेको कलेजका प्राचार्य दिपक पोखरेलले बताए ।