श्री शालवाहनीय शाके १९४३ ने. सं. ११४३ वि.सं. २०८० साल साउन १ गते सोमबार, १७ जुलाई २०२३, पिङ्गलनाम संवत्सर । श्रावण कृष्णपक्षको औंसी तिथि भोलि ००ः१५ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पुनर्वशु भोलि ५ः२३ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः१८ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरू जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पनि पछि हट्नेछन् । मान–सम्मानमा आघात पुग्ने सम्भावना छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पु¥याउनु होला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि प्रतीक्षा गर्नुहोला ।    
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
फजुल खर्चले चिन्ता बढाउन सक्छ । काममा ईष्र्या गर्नेहरूबाट सजग रहनुपर्ला । आकर्षक उपहारले उत्साह जगाउनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिछोडिएका आफन्तहरू नजिकिन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । अरूको विश्वास गर्दा धोका पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण वा यात्राको सम्भावना छ ।