भन्नलाई त नेपाल एक स्वतन्त्र देश हो । दक्षिण एसियाको सबैभन्दा पुरानो देश पनि हो । तर, किन यो कहिले स्वतन्त्र हुने होला भन्ने प्रश्न उठ्छ ? एउटा स्वतन्त्र देश स्वतन्त्र नै रहे कस्तो हुने होला भनेर कल्पना गरेर बस्नुपर्ने अवस्था आयो ।
प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल चलाउने चाबी नेपालीको हातमा छैन, अरूकै हातमा छ भनेर प्रधानमन्त्री भएकै बेला भनेका थिए । अहिले आएर पर्यटनमन्त्री सुदन किरातीले पनि त्यस्तै कुरा बोलेका छन् । उनी त अझ पनि मन्त्री नै छन् । नेपालका पर्यवेक्षकहरूले पनि नेपालमा विदेशी चलखेल धेरै बढ्यो भनेर दिनरात गुनासो गरिरहेका छन् ।
नेपालमा भए गरेका काम कारबाही, कानून, संविधान आदि सबै विदेशीले बनाएका हुन् भनेर स्वदेशी–विदेशी दुवैले भन्ने गरेका छन् । नपत्याउनु पनि कसरी ? पत्यार लाग्ने मानिस नै यस कुराको साक्षी बक्छन् ।
संसदीय व्यवस्थालाई मानेर बस्नुपर्यो । त्यही व्यवस्था हुन्न भन्थे कुनै दिन । आज त्यही व्यवस्था नभई भएन र त्यसैलाई बलियो बनाउने कुरा गर्छन् । के पत्याउने, के नपत्याउने ?
नेपालमा प्रजातन्त्र आएको नै ७० वर्षअगाडि हो । त्योभन्दा अगाडि राणा शासन थियो । राणाहरूले जनतालाई निरक्षर, अनपढ राखे पनि राष्ट्रलाई जोगाउने काम गरेका थिए भनेर उनीहरूको तारिफ गरेको सुनिन्छ । तर, प्रजातन्त्रको दृष्टिकोणबाट उनीहरू निकै निरङ्कुश थिए । कति मानिसको हत्या पनि गरेका थिए ।
प्रजातन्त्र त आयो तर, नेपालको तहस–नहस हुन पनि थाल्यो । प्रजातन्त्र आएको ७० वर्षमा यसो फर्केर हेर्दा नेपालका नदीनाला सबै भारतलाई बुझाइयो । अब ढुङ्गा, माटो, गिट्टी पनि बेहिसाब बिक्रीवितरण हुन लाग्यो । यो प्रक्रिया रोकिएको छैन र रोकिने सङ्केत पनि देखिँदैन । त्यसको कारण पनि प्रष्ट छ । एकातिर विदेशीको स्वार्थ पूरा हुने र अर्कोतिर पैसा पनि आउने ।
प्रजातन्त्र आएपछि नेपालको मन्त्रीमण्डलमा एक जना विदेशी पनि बस्न लागे । उसलाई निकाल्न पनि राजा महेन्द्रले कति कोशिस गर्नुप¥यो । त्यो देख्दा लाग्छ, नेपाललाई स्वतन्त्र मुलुक बनाउनु साह्रै गाह्रो काम रहेछ ।
हुन त नेपालका राजाले विदेशीको नेपालमा भएको चलखेल रुचाउँदैनथे । तर, उनीहरूले पनि नेपाललाई एक स्वतन्त्र राष्ट्रका रूपमा विकास गर्न सकेनन् अथवा भनौं, उनीहरूले गद्दी र श्रीपेच बचाउन र उनैको समृद्धि गर्न धेरै मन गरे । नेपाललाई कसरी एक स्वतन्त्र र स्वावलम्बी देशका रूपमा विकास गर्ने भन्नेतिर ध्यान दिएनन् । त्यसपछिका शासक त विदेशीका दलाल भनेर नै चिनिन्छन् । उनीहरू भएगरेका परम्परा र गतिविधि सबै भत्काउँछौं भनेर नै आए ।
सबै कुरा भत्काउन त सकेनन् । तर, उनीहरू सत्तामा पुगे । पुगेर पनि आफ्नो इच्छाअनुसार केही गर्न सकेनन् । संसदीय व्यवस्थालाई मानेर बस्नुपर्यो । त्यही व्यवस्था हुन्न भन्थे कुनै दिन । आज त्यही व्यवस्था नभई भएन र त्यसैलाई बलियो बनाउने कुरा गर्छन् । के पत्याउने, के नपत्याउने ? सत्तामा बसिराख्न उनीहरू विदेशीले जे भने पनि खुरुखुरु मान्ने गर्छन् । जे–जे गर भन्छन्, त्यही मात्र गर्न थाले ।
एउटाले एमसिसी पास गर् भन्यो । केही जानकार जनताले विरोध त गरे । विरोधैविरोधका बीच पास गराइछाडे । अर्कोले भन्यो नागरिकताको विधेयक पास गर् र हाम्रो मानिसलाई नागरिकता वितरण गर् । सोे पनि गरिछाडे । अब प्रजातन्त्रकै सिद्धान्तअनुसार कुनै दिन नेपाल स्वतन्त्र राख्ने कि कुनै विदेशी देशमा मिसिने भनेर भन्नेछन् ।
त्यस दिन नेपालमा नेपालीभन्दा विदेशी धेरै हुनेछन् । अब स्वतन्त्र भएर के गर्ने अर्काे देशमा गाभ्ने भन्नेछन् । त्यसदिन विदेशमा गाभ्ने मानिसको बाहुल्य हुनेछ । नेपाली हेरेको हे¥यै हुनेछन् । अहिलेका सरकारी क्रियाकलाप हेर्दा ढिलोचाँडो त्यस्तो दिन नआउला भन्न सकिन्न ।
नेपालमा प्रजातन्त्र आएको नै ७० वर्षअगाडि हो । त्योभन्दा अगाडि राणा शासन थियो । राणाहरूले जनतालाई निरक्षर, अनपढ राखे पनि राष्ट्रलाई जोगाउने काम गरेका थिए भनेर उनीहरूको तारिफ गरेको सुनिन्छ । तर, प्रजातन्त्रको दृष्टिकोणबाट उनीहरू निकै निरङ्कुश थिए । कति मानिसको हत्या पनि गरेका थिए ।
नेपाललाई एक स्वतन्त्र मुलुक बनाउन आफ्नो भू–भाग कस्तो छ, कति छ, कसरी यसको विकास गर्न सकिन्छ भनेर सोच्नुपर्ने हुन्छ । त्यतातिर कसैको ध्यान गएजस्तो लाग्दैन । भारतमा बिजेपीको सरकार आएपछि मात्र को भारतीय हो, को होइन भनेर हेर्न थालियो । सिमाना भनेको खुला राख्न हुन्न भनेर भारतीय नेताले नै भन्न थाले । उनीहरूकै कुरा सुने मात्रै पनि नेपालको भलो हुने थियो ।
एकातिर खुला सिमाना राख्दा सरकारी कर भनेजस्तो नउठ्ने, अर्कातिर चोरी डकैती गर्नेले यसको फाइदा उठाउने, कुनै चीजको मूल्य एउटा देशमा बढ्यो या घट्यो भने अवैध निकासी पैठारी बढ्ने, आतङ्कवादीले खुला सिमानाको फाइदा उठाउने । त्यति हुँदा पनि खुला सिमाना राखेकोमा विशेष सम्बन्ध भएको तारिफ गर्ने काम गरिन्छ ।
कोरोना चर्केको बेला सबै सिमाना नियन्त्रित थियो । कोही मानिस पनि छिर्न सक्दैनथे । उही हालत नेपालमा माओवादी युद्ध हुँदा पनि थियो । त्यतिबेला मानिस स्वतन्त्र रूपले आउजाउ गर्न पाउँदैनथे । आफ्नो जिल्लाको प्रमुख जिल्ल अधिकारीको परिचयको कागज देखाएर मात्र छिर्न पाउँथे ।
आखिर नियन्त्रण त भएको रहेछ । सुगौली सन्धिमा सिमाना खुला राख्नुपर्छ भनेर कतै लेखिएको छैन, न त वि.सं. १९५० नेपाल–भारतको सन्धीमा यो कुरा लेखिएको छ । नेपाल र भारत देशका जनता एकअर्काको मुलुकमा विना रोकटोक जानआउन पाउने छन् भनेर लेखिएको छ । यसबाट पनि को नेपाली हो, को भारतीय हो भनेर छुट्याउन सकिन्छ । यो त भारतले पनि चाहेको कुरा हो ।
नेपालीहरूले बाहिर गएर दुःख त पाएकै छन् । तर, भारतमा बसेका नेपालीले के साँच्चै दुःख पाएका हुन् कि नेपालीको नाममा भारतीय नेपालीहरूले दुःख पाएका हुन् भनेर पनि छुट्याउन सकेको अवस्था छैन । के यस्तो अवस्था आउनु नेपालको कमजोरी होइन ?
आसाममा एक लाख नेपाली गैरकानूनी रूपमा छन् भनेर भनियो । तर, उनीहरूलाई फिर्ता पठाइएन । नेपालका नेपालीले गर्दा भारतीय नेपालीले पाउनुपर्ने सुविधा पनि पाएनन् भनेर गुनासो गरिन्छ।
तर यसको समाधान गर्ने दिशातिर कुनै कदम उठाइएन । आज नेपालीहरू संसारभर फैलिँदा पनि भारतमा रहेका नेपालीको छिनोफानो हुन सकेको छैन । यसको एउटै कारण हो, नेपाललाई एक स्वतन्त्र देश बनाउन नखोज्नु र विकास हुन नदिनु ।
नेपालीहरूले बाहिर गएर दुःख त पाएकै छन् । तर, भारतमा बसेका नेपालीले के साँच्चै दुःख पाएका हुन् कि नेपालीको नाममा भारतीय नेपालीहरूले दुःख पाएका हुन् भनेर पनि छुट्याउन सकेको अवस्था छैन । के यस्तो अवस्था आउनु नेपालको कमजोरी होइन ? नेपाललाई एक स्वतन्त्र देश राम्ररी हेर्न चाहनेले दुःख पाए पनि सुख पाए पनि नेपाली भनेर छुट्टिनु पर्छ, सधैँ अरूको पुच्छर भएर बाँच्ने हो भने त अर्कै कुरा भइहाल्यो ।
स्रोतः आइएनएस–स्वतन्त्र समाचार