कोशी प्रदेशका पाँच सहरमा ट्राफिक प्रहरीले ‘ट्राफिक भाइलेन्स ब्रेकर सिस्टम (टीभीआरएस)’ प्रणाली लागू गरेको छ ।

साउन १ गतेदेखि लागू गरी ‘टिभीआरएस’ ले ट्राफिक नियम उल्लङ्घन गरेको पत्ता लगाउनेछ । सवारीधनीले गल्ती गरेको नगरेकोबारे स्वचालित रूपमा अङ्कित हुने भएकाले अब भने चालकले ‘पहिलो पटक गल्ती गरेको भनी’ भन्ने अवस्था नहुने सुनसरीको इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी श्यामकुमार महतोले जानकारी दिए ।

उनले भने, ‘यो सिस्टम नहुँदा दशौँ पटक गल्ती गर्दा पनि पहिलो चोटी भन्दै माफी माग्ने अवस्था थियो, अब कतिपटक गल्ती ग¥यो भन्ने सिस्टमले बताइहाल्छ । त्यसो हुँदा ट्राफिक प्रहरीलाई ढाँट्ने अवस्था रहन्न ।’ 

टिभीआरएस नहुँदा चालकले गरेको लापरबाहीको प्रवृत्ति हटाउन नसकेकाले पनि यो प्रणाली लागू गरिएको उनले जानकारी दिए । पाँच पटकभन्दा बढी कारबाहीमा परे चालक अनुमति–पत्र (लाइसेन्स) निलम्बन गर्नेसम्मको कानूनी व्यवस्था रहेको छ । यो प्रणालीले चालकमा झुट बोल्ने प्रवृत्ति हट्ने र नियम उल्लङ्घन कम हुने आशा रहेको उनले जानकारी दिए । 

उनका अनुसार कोशी प्रदेशका पाँच सहरमध्ये विराटनगर, इटहरी, धरान, दमक र बिर्तामोडमा यो प्रणाली लागू गरिएको हो । यी क्षेत्र आसपासमा कारबाहीमा परेका सवारीधनीलाई बैङ्कमार्फत् भुक्तानी गर्नुपर्ने नियम पनि लगाएको उनले जानकारी दिए । ‘ट्राफिकले पैसा खायो, दुःख दियो भन्ने जस्ता समस्यालाई हटाउन र पारदर्शी बनाउन बैङ्किङ सिस्टम लागू गरेका हौँ’ उनले फोनसम्पर्कमा भने, ‘अब कागजपत्र खोसिएको २४ घण्टाभित्र सम्बन्धित क्षेत्रको वाणिज्य बैङ्कमा गई भुक्तानी गर्नैपर्छ अन्यथा थप कारबाही भोग्नेछ ।’

टिभीआरएस नहुँदा चालकले गरेको लापरबाहीको प्रवृत्ति हटाउन नसकेकाले पनि यो प्रणाली लागू गरिएको उनले जानकारी दिए । पाँच पटकभन्दा बढी कारबाहीमा परे चालक अनुमति–पत्र (लाइसेन्स) निलम्बन गर्नेसम्मको कानूनी व्यवस्था रहेको छ । यो प्रणालीले चालकमा झुट बोल्ने प्रवृत्ति हट्ने र नियम उल्लङ्घन कम हुने आशा रहेको उनले जानकारी दिए ।

पहिलो पटक लापरबाही तथा उल्लङ्घन गर्नेलाई पाँच सय, दोस्रो पटकमा एक हजार, तेस्रो पटकमा १५ सय र त्यसभन्दा माथि गरेमा हरेक पटक १५ सय रुपैयाँका दरले बैङ्कमा दाखिला गर्नुपर्ने कार्यालयले जनाएको छ । 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ बमोजिम प्रत्यायोजित अधिकार प्रयोग गरिएको हो । अब बैङ्कमार्फत् जरिबाना भुक्तानी गरी कागजपत्र लान सकिने भएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा कोशी प्रदेशभरि तीन लाख एक हजार आठ सय ७१ वटा सवारी साधनहरू कारबाही गरिएको कार्यालयले जनाएको छ ।

त्यसमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । कार्यालयका अनुसार ९१ हजार ३ सय ३० वटा मोटरसाइकल कारबाहीमा परेका थिए । त्यस्तै कार, जीप र भेन ७३ हजार ८ सय ७८, टूक लहरी ६६ हजार ९ सय ५०, ट्याक्टर २६ हजार ४ सय १५ वटा कारबाहीमा परेका थिए । त्यस्तै  टेम्पो, अटो र सिटी सफारी १६ हजार ८ सय २५, सार्वजनिक बस र माइक्रो १६ हजार एक सय ९८, टिपर ९ हजार २ सय ७५, अन्य सवारी ९ सय ९३ वटा कारबाहीमा परेका थिए । 

यस्तै सिट क्षमताभन्दा बढी सवारी यात्रु राखी चलाउने ७ हजार ७ सय ८५, सडक इजाजत प्राप्त नगरी सवारी चलाउने ७ हजार २ सय ८७, प्रयोजन विपरीत चलाउने ५ हजार २ सय ३१ वटा सवारी कारबाहीमा परेका थिए । त्यस्तै तीव्र गतिमा सवारी चलाउने ३ हजार ४ सय ७६ वटा, लेन अनुशासन पालना नगर्ने ३ हजार ४ सय ६७ वटा र ट्राफिक इसारा उल्लङ्घन गर्ने २ हजार ५ सय ३४ वटा कारबाहीमा परेको कार्यालयले जनाएको छ । 

कार्यालयले विभिन्न शीर्षकमा सवारीलाई कारबाही गर्दै आएको छ । जसमध्ये कागजपत्र साथमा नबोकेको ९६ हजार ७ सय ४६ वटा सवारी कारबाहीमा परेका थिए ।

त्यस्तै लापरबाही साथ सवारी चलाउनेमा ४८ हजार ५ सय ६, क्षमताभन्दा बढी मालसामान बोक्ने ६९ हजार ८ सय ४, रोक्न निषेध तथा पार्किङ निषेध गरिएको क्षेत्रमा राख्ने १५ हजार ६ सय १९, सवारी अनुमति प्राप्त नगरी चलाउने १५ हजार ७२, मापसे गरी सवारी चलाउने ८ हजार ३ सय ६३ वटा सवारी उक्त आर्थिक वर्षका कारबाहीमा परेका थिए ।

यस्तै सिट क्षमताभन्दा बढी सवारी यात्रु राखी चलाउने ७ हजार ७ सय ८५, सडक इजाजत प्राप्त नगरी सवारी चलाउने ७ हजार २ सय ८७, प्रयोजन विपरीत चलाउने ५ हजार २ सय ३१ वटा सवारी कारबाहीमा परेका थिए ।

त्यस्तै तीव्र गतिमा सवारी चलाउने ३ हजार ४ सय ७६ वटा, लेन अनुशासन पालना नगर्ने ३ हजार ४ सय ६७ वटा र ट्राफिक इसारा उल्लङ्घन गर्ने २ हजार ५ सय ३४ वटा कारबाहीमा परेको कार्यालयले जनाएको छ । 

यसैगरी सवारीको अवस्था ठीक नभई चलाएको २ हजार ३ सय ९५ वटा, सुरक्षा पेटी नबाँधी चलाएको २ हजार १ सय ५६ वटा कारबाहीमा परेका छन् । जसबाट गएको आर्थिक वर्षमा २० करोड सात लाख ३५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

प्रदेशभरि ४ सय ७४ जना ट्राफिक जनशक्ति रहेका छन् । एउटा ट्राफिकले ५४ किलोमिटर सडक हेर्नुपर्ने भएकाले पनि प्रविधिमैत्री नियमहरू भित्र्याउन थालेको कार्यालयले जनाएको छ ।