विषय प्रवेशः

पछिल्लो समय सरकारले एकपछि अर्को भ्रष्टाचारको फायल खोलिरहेको छ । यसले जनजनमा सकारात्मक सन्देश छाएको छ । यो सरकारले चाहिँ केही नयाँ काम गर्छ कि भन्ने आशा जागेको छ । यो पार्टी र त्यो पार्टी अनि तेरो मान्छे र मेरो मान्छे भन्ने परम्परागत गलत प्रवृत्तिलाई निरुत्साहित गर्न खोजेको देखिन्छ ।

यद्यपि निकृष्ट निहीत स्वार्थमा रुमल्लिएको हाम्रो अर्थराजनीतिक प्रणालीमा सहीलाई सही र गलतलाई गलत भन्ने चलन छैन । बरू उल्टै आप्mनो स्वार्थमा असर गर्छ भने सही विषयमाथि पनि विभिन्न दिग्भ्रम सृजना गर्ने गरिन्छ । अहिले भ्रष्टाचार नियन्त्रणको विषयमा पनि यही भइरहेको छ ।

कस्तो अर्थराजनीतिक संरचना भएमा भ्रष्टाचारको पूर्ण अन्त्य हुन्छ र कस्तो संरचना रहेसम्म केवल नियन्त्रण मात्र गर्न सकिन्छ ? यो आम छलफल र बहसको सवाल हो । यस आलेखमा यही आम प्रश्नको सन्दर्भमा चर्चा गरिएकोछ ।

कतिपय पार्टी तथा नेताहरू आफ्नोसमेत फायल खोलिने त्रासमा उल्टै भ्रष्टाचार नियन्त्रणको यस्तो महाअभियानमाथि अन्टसन्ट कुराहरू गरिरहेका छन् । यो सरकारले राम्रो काम गर्दैछ भन्नुको साटो उल्टै विरोध गरिरहेका छन् । उनीहरू चुनावी जनमत बढ्छ भनेर त्रसित हुँदै भ्रामक हल्लाखल्ला मच्चाइरहेका छन्, जुन नेपाल र नेपालीको लागि दुर्भाग्य र विडम्बनाको कुरा हो ।

यस्तो अर्थराजनीतिक स्वार्थगत धरातलमा भ्रष्टाचारको पूर्ण अन्त्य सम्भव छ कि छैन ? पूर्ण अन्त्यको लागि कस्तो संरचना वा पद्दति अनिवार्य हुन्छ ? अर्थात् संरचनात्मक परिवर्तन विना यसको अन्त्य हुन्छ कि हुँदैन । यसको अन्त्यको लागि हामीसँग स्पष्ट कार्यक्रम, कार्ययोजना र इच्छाशक्ति नै नभएको हो कि वा संरचनात्मक समस्याले नदिएको हो ?

कस्तो अर्थराजनीतिक संरचना भएमा भ्रष्टाचारको पूर्ण अन्त्य हुन्छ र कस्तो संरचना रहेसम्म केवल नियन्त्रण मात्र गर्न सकिन्छ ? यो आम छलफल र बहसको सवाल हो । यस आलेखमा यही आम प्रश्नको सन्दर्भमा चर्चा गरिएकोछ ।

उत्पादन पद्दतिः

कुनै पनि खास अर्थराजनैतिक दृष्टिकोणहरूको आधारमा खास समाजको उत्पादन पद्दति तय हुने गर्दछ । समग्र सामाजिक रचनाको स्वरूप उत्पादन पद्दति अनुरूप हुन्छ । पुँजीवादी दृष्टिकोण अन्तर्गत निजी उत्पादन पद्दति हुन्छ भने समाजवादी दृष्टिकोण अनुरूप सामाजिक वा सामूहिक उत्पादन पद्दति निर्णायक हुन्छ ।

कुनै पनि खास समाजको आधारभूत चरित्र कस्तो भन्ने कुरा उत्पादन पद्दतिमा निर्भर हुन्छ । किनभने समाजको सिङ्गो राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक भाष्य यही उत्पादन पद्दतिकै आधारभूत चरित्र अनुरूप विन्यास हुने गर्दछ । सोच, चिन्तन्, मनोविज्ञान, जीवनशैली, कार्यशैली र तमाम् सामाजिकीहरू. उत्पादन पद्दतिले नै निर्धारण गर्दछ । त्याग, वलिदान, लोभपाप, हित र स्वार्थ सबै यही उत्पादन पद्दतिद्वारा नै निर्देशित हुन्छ ।

यसकारण हरेक आयामहरूलाई कमाण्ड गर्ने सबैभन्दा प्राथमिक सवाल भनेको उत्पादन पद्दति नै हो । यसकारण भ्रष्टाचारको अन्त्य वा नियन्त्रणको लागि पनि खास उत्पादन पद्दति निर्णायक बन्दछ । अर्थात् नियन्त्रण कि अन्त्य भन्ने कुरा उत्पादन पद्दतिमा निर्भर हुन्छ । 

किनभने भ्रष्टाचार त्यतिकै कुनै अमुक पार्टी र नेताहरूले मन वा रहर लागेर मात्र गरेको होइन । यसमा अर्थराजनीतिक दृष्टिकोणद्वारा निर्देशित लामो संस्कार र संस्कृति जोडिएको हुन्छ । यस्तै संस्कारहरूमध्ये भ्रष्टाचार एक हो । 

पुँजीवादी उत्पादन पद्दतिः

सम्पूर्ण उत्पादनका साधनहरूमा निजी स्वामित्व र स्वार्थ कायम गरिने उत्पादन पद्दतिलाई पुँजीवादी वा निजी उत्पादन पद्दति भनिन्छ । यसमा उत्पादनको साधन वा अन्य स्रोत–साधनहरूमाथि सीमित पुँजीपति वा धनीहरूको पूर्ण नियन्त्रण हुन्छ । अर्थात् मुठ्ठीभर व्यक्तिहरूमा समग्र सम्पत्ति वा पुँजी केन्द्रीकृत भएको हुन्छ ।

यस्ता पुँजीको कमाण्ड, कन्ट्रोल, परिचालन र व्यवस्थापन उनीहरूकै स्वार्थद्वारा निर्देशित हुन्छ । यस्तो पद्दतिमा जसरी र जे गरेर भए पनि अत्यधिक नाफा वा अतिरिक्त मूल्य खिच्ने रणनीति प्रधान हुन्छ । पुँजी सञ्चय गर्ने, कमाउने र धनी बन्ने निरपेक्ष निहीत स्वार्थ निर्णायक हुन्छ । व्यक्तिगत वा संस्थागतरूपमा एकआपसमा तीव्र अस्वस्थ प्रतिस्पर्धा हुन्छ ।

यस्तो अर्थराजनीतिक उत्पादन पद्दतिमा समाजका सम्पूर्ण आयामहरू स्वार्थ सिद्धिको प्रमुख साधन बन्दछ । उदाहरणको लागि राजनीति, पेसा, व्यवसाय, जागिर, सम्पर्क–सम्बन्ध, उठबस सबै पुँजी सञ्चय वा धन आर्जनको सिद्धान्तद्वारा निर्देशित हुन्छ । 

यस्तो वस्तुगत धरातलमा वस्तुतः भ्रष्टाचारको पूर्ण अन्त्य हुन सक्दैन । यसरी सिङ्गो समाजलाई नै तेरो–मेरो निहीत स्वार्थले नेतृत्व गरेपछि त्यहाँ पुँजी उत्पादन, वितरण र लेनदेन सामाजिक हुँदैन । सबै उत्पादनका साधन र उत्पादन निजी हुन्छ । जसले बढी नाफा र अतिरिक्त मूल्य कब्जा गर्दछ, उसैले सम्पूर्ण सामाजिक सत्ताहरूमा पकड वा आधिपत्य राख्दछ ।

यसो भएपछि कुनै अमुक पार्टी वा नेताले मात्र भ्रष्टाचारको समूल अन्त्य गर्न सम्भव हुँदैन । यसकारण निजी उत्पादन पद्दति अन्तर्गत भ्रष्टाचारलगायतका विकृति र विसङ्गतिहरूको केवल नियन्त्रण मात्र सम्भव हुन्छ । यही प्रणालीमा कसैले भ्रष्टाचार अन्त्यको स्वादिलो र चखिलो कुरा गर्छ भने त्यो बनीबनाउ र मनगढन्ते मात्र हुन्छ वा भोट ब्ल्याकमेलिङ गर्ने सहज तरिका मात्र हुन्छ ।

किनभने भ्रष्टाचार त्यतिकै कुनै अमुक पार्टी र नेताहरूले मन वा रहर लागेर मात्र गरेको होइन । यसमा अर्थराजनीतिक दृष्टिकोणद्वारा निर्देशित लामो संस्कार र संस्कृति जोडिएको हुन्छ । यस्तै संस्कारहरूमध्ये भ्रष्टाचार एक हो । 

तर, पुँजीवादी उत्पादन पद्दतिमा भने सीमित व्यक्तिले सिङ्गो समाजलाई आफू अनुकूल निर्देशित गर्दछ । अर्थात् पुँजीवादी उत्पादन पद्दतिमा व्यक्ति प्रधान हुन्छ भने समाजवादी उत्पादन पद्दतिमा समाजप्रधान हुन्छ । 
समाजवादी उत्पादन पद्दतिः

सामाजिक वा सामूहिक स्वार्थमा गरिने उत्पादन पद्दतिलाई समाजवादी उत्पादन पद्दति भनिन्छ । यसमा सम्पूर्ण उत्पादनका साधन र उत्पादनहरूमाथि सामाजिक वा सामूहिक स्वामित्व र स्वार्थ अन्तरनिहीत हुन्छ । समग्र पुँजी उत्पादन र वितरण समाजवादी मूल्य अनुरूप हुने गर्दछ । यहाँ तेरो–मेरो निहीत स्वार्थ र हितको गुञ्जायस हुँदैन ।

हरेक अर्थराजनीतिक आयामहरु सामाजिक  वा सामुहिक स्वार्थद्वारा निर्देशित हुन्छ । रामेले भन्दा श्यामेले वा पल्लो घरकोले भन्दा वल्लो घरकोले बढी कमाउनु पर्ने अस्वस्थ स्वार्थगत प्रतिस्पर्धा हुँदैन । अर्थात् पुँजीवादी उत्पादन पद्दतिमा जस्तो जसरी र जे गरेर भए पनि अरूले भन्दा धेरै नाफा र अतिरिक्त मूल्य आर्जन गर्ने होडबाजी चल्दैन ।

यसमा व्यक्तिगत भन्दा सामाजिक हीत प्रधान हुन्छ । योग्यता अनुसारको काम र काम अनुसारको दामको नीति हुन्छ । वस्तुतः समाजवाद भनेको आधारभूतरूपमै समानता र सामाजिक न्याय प्रत्याभूत गर्ने नीति हो । यसमा व्यक्ति–व्यक्तिहरूलाई समाजले सामूहिक ढङ्गले नेतृत्व गर्दछ ।

तर, पुँजीवादी उत्पादन पद्दतिमा भने सीमित व्यक्तिले सिङ्गो समाजलाई आफू अनुकूल निर्देशित गर्दछ । अर्थात् पुँजीवादी उत्पादन पद्दतिमा व्यक्ति प्रधान हुन्छ भने समाजवादी उत्पादन पद्दतिमा समाजप्रधान हुन्छ । 

यसकारण भ्रष्टाचारलगायतका सबैखाले बेथिति र विसङ्गतिहरूको समूल अन्त्य गर्ने हो भने समाजवादी उत्पादन पद्दति पहिलो शर्त हुन्छ । यस्तो उत्पादन पद्दतिले हाम्रो सोच, चिन्तन, मनोविज्ञान, जीवनशैली, कार्यशैली र संस्कृतिलाई सार्वजनिक किताबजस्तो खुल्ला राखिन्छ । म, मेरो र आफन्तको स्वार्थको लागि कति पनि सोच्नै पर्दैन ।

नियन्त्रण नै गर्ने भए पनि सरकारी अभियानलाई सकारात्मक दृष्टिकोणसहित सहयोग र समर्थन गरौं । कम्तीमा थालनीलाई स्वागत गर्दै जरैसम्म पुग्न उत्प्रेरित गरौं । यही प्रस्थान विन्दुबाट नै उत्पादन पद्दति वा संरचनासमेत बदल्दै भावी दिनमा भ्रष्टाचारशून्य समाज निर्माण गर्न सकिन्छ । नत्र हामी भ्रष्टाचारको अनन्त गोलचक्करमा घुमिरहनेछौं ।

हरेक पल सामाजिक वा सामूहिक स्वार्थ र हितलाई केन्द्रमा राख्ने गरिन्छ । तब त्यहाँ व्यक्तिगत स्वार्थबारे सोच्ने कुरै आउँदैन । जब व्यक्तिगत स्वार्थबारे सोच्नै पर्दैन, तब भ्रष्टाचार बारे सोच्न जरुरी नै हुँदैन । यसपछि भ्रष्टाचार स्वतः निर्मूल हुन्छ । अन्यथा सुझाव दिएर, धम्क्याएर, दण्ड–जरिबाना, कारबाही गरेर वा जेलनेल हालेर मात्र भ्रष्टाचारको अन्त्य हुँदैन ।

उदाहरणको लागि कतिपय मुलुकहरूमा सिधै मृत्युदण्ड दिइन्छ तर, पनि त्यहाँ भ्रष्टाचार बीसको उन्नाईस भएको देखिँदैन । समग्र समाजको उत्पादन पद्दति नै व्यक्तिगत स्वार्थद्वारा निर्देशित भएपछि अंशगतरूपमा कुनै अमुक पार्टी वा व्यक्ति बुद्ध बन्न सक्दैन । यो सार्वभौम नियम हो । कसैले बन्छ भन्छ भने त्यो सरासर बनीबनाउ र कपोलकल्पित कथा मात्र हुन्छ ।

यसकारण भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने हो भने समाजवादी वा साझा स्वार्थगत उत्पादन पद्दति लागू गर्नुको अर्को विकल्प देखिँदैन ।

निष्कर्षः

त्यसैले पुँजीवादी वा निजी उत्पादन पद्दतिमा भ्रष्टाचार निर्मूल हुँदैन । यस्तो उत्पादन पद्दतिमा अरू पेसाजस्तै राजनीतिलाई पनि निहीत स्वार्थ र हितमा व्यावसायिकीकरण र भ्रष्टीकरण गरिएको हुन्छ ।

यसरी राजनैतिक लगाम नै भ्रष्टाचारद्वारा उत्पे्ररित भएपछि तपशीलमा भ्रष्टाचार उन्मुक्त समाजको कल्पनै गर्न सकिँदैन । यसलाई नियन्त्रण वा कम गर्नसम्म सकिन्छ । किनभने भ्रष्टाचार भनेको उत्पादन पद्दतिद्वारा निर्देशित सोच, चिन्तन, मनोविज्ञान, जीवनशैली, कार्यशैली अनि व्यवहारगत सांस्कृतिक भाष्यको कुल अभिव्यक्ति हो । 

अरू उत्पादन पद्दतिमा यसको अस्थायी नियन्त्रण मात्र हुन्छ । तसर्थ हाम्रो राष्ट्रिय राजनीतिमा अभ्यास भइरहेको विद्यमान उत्पादन पद्दतिद्वारा यसको समूल अन्त्य सम्भव देखिँदैन । यो उत्पादन पद्दतिले गर्ने नियन्त्रणसम्म हो ।
त्यसैले भ्रष्टाचारको वस्तुवादी ढङ्गले समूल वा पूर्ण अन्त्य गर्ने हो भने वर्तमान उत्पादन पद्दतिलाई बदल्न जरुरी देखिन्छ । लामै प्रक्रिया भए पनि साझा समाजवादी उत्पादन पद्दतिमा मात्र यसको अन्त्य सुनिश्चित गर्न सकिन्छ ।

अरू उत्पादन पद्दतिमा यसको अस्थायी नियन्त्रण मात्र हुन्छ । तसर्थ हाम्रो राष्ट्रिय राजनीतिमा अभ्यास भइरहेको विद्यमान उत्पादन पद्दतिद्वारा यसको समूल अन्त्य सम्भव देखिँदैन । यो उत्पादन पद्दतिले गर्ने नियन्त्रणसम्म हो ।

नियन्त्रण नै गर्ने भए पनि सरकारी अभियानलाई सकारात्मक दृष्टिकोणसहित सहयोग र समर्थन गरौं । कम्तीमा थालनीलाई स्वागत गर्दै जरैसम्म पुग्न उत्प्रेरित गरौं । यही प्रस्थान विन्दुबाट नै उत्पादन पद्दति वा संरचनासमेत बदल्दै भावी दिनमा भ्रष्टाचारशून्य समाज निर्माण गर्न सकिन्छ । नत्र हामी भ्रष्टाचारको अनन्त गोलचक्करमा घुमिरहनेछौं ।