- डा. केदार कार्की
नेपालमा अहिले लम्पी स्किन रोगको महामारी फैलिएको छ । लम्पी स्किन डिजिज (एलएसडी) गाई र भैँसीको भेक्टर बोर्न पोक्स भाइरल रोग हो, जसमा छालामा मसिना फोकाहरू देखिने गर्छ । यस भाइरसका प्राकृतिक ‘होस्ट’ हरू गाईवस्तु र एसियाली पानी भैँसी हुन् । अन्तर्राष्ट्रिय फैलावट र आर्थिक प्रभावको सम्भावनालाई ध्यानमा राख्दै विश्व पशु स्वास्थ्य सङ्गठनले यो रोगलाई सूचनायोग्य रोगका रूपमा वर्गीकृत गरेको छ । एलएसडीले दूध उत्पादनमा कमी, छालामा क्षति, वस्तु व्यापारमा प्रतिबन्ध, शरीरको अवस्था बिग्रने, गर्भपतन, बाँझोपन र भेटेरिनरी हेरचाहको लागतका कारण पशुधन क्षेत्रमा ठूलो आर्थिक प्रभाव पार्छ ।
यो रोग पहिलो पटक सन् १९२९ मा जाम्बियामा पहिचान भएको थियो । यसको उत्पत्ति मध्य अफ्रिकाबाट मध्यपूर्व, युरोप र एसियामा सन् २०१३ देखि तीव्र गतिमा फैलिएको छ । भारतले पहिलो पटक सन् २०१९ मा ओडिसा राज्यमा देखिएको थियो । भारतका वरपरका देशहरू जस्तैः बङ्गलादेश, चीन, नेपाल, भुटान, म्यानमार, श्रीलङ्का, पाकिस्तानमा पनि एलएसडीको प्रकोप देखिएको छ ।
जोखिमको कारण
रोग लाग्नका लागि जोखिम कारकहरूमा कृषि जलवायुको प्रभाव, एउटै चरन र जलाशयको बाँडफाँट र विभिन्न सिमानाहरूमा जनावरहरूको स्वतन्त्र आवतजावत आदि हुन् । यसले विभिन्न इलाकामा प्रकोप फैलाउन मद्दत गर्दछ । एलएसडीको उच्च घटना ओसिलो मौसममा रेकर्ड गरिएको थियो । जब टोक्ने फ्लाई जनसङ्ख्या प्रचुर मात्रामा हुन्छ । नेक्रोटिक छाला र हावामा सुख्खा लुगा भाइरसको सम्भावित स्रोत हुन् । किनभने भाइरस परिवेशको तापक्रममा महिनासम्म रहन्छ । एलएसडी प्रभावित देशहरूबाट उत्पन्न हुने कुनै पनि पशुजन्य उत्पादनहरू मासु, दूध वा छालाको आयातबाट एलएसडीमुक्त देशहरूमा फैलिने सम्भावना हुन्छ । सङ्क्रामक चरणको समयमा भाइरसले नाक, लच्रिमल, फरिन्जियल श्राव, वीर्य, दूध र रगतमा श्राव गर्छ र अन्य जनावरहरूमा सङ्क्रमणको स्रोतको रूपमा काम गर्न सक्छ ।
नेपालका गाईभैँसीमा ‘लम्पी स्किन’ रोगको अवस्था
लम्पी स्किनबाट २८ हजार गाईभैँसी मरे भने सात लाख ८२ हजार पशुमा सङ्क्रमण भएको छ । तीन वर्षअघि मोरङको सुन्दरहरैँचाका गाईमा देखापरेको लम्पी स्किन नामक सङ्क्रामक रोग ७७ जिल्लामा फैलिएको छ । पशु सेवा विभागका अनुसार तीन वर्षमा किसानका २८ हजार गाईभैँसी दुधालु, गर्भिणी, बाच्छाबाच्छी मरेका छन् । २०७९ चैतबाट महामारीको रूप लिएको लम्पी स्किनको सङ्क्रमण सात लाख ८२ हजार पशुमा भएको पशु विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले जानकारी दिए । हाल सातवटै प्रदेशमा लम्पी स्किनका सक्रिय सङ्क्रमित पशुको सङ्ख्या दुई लाख ३२ हजार छ ।
लम्पी स्किनको कारण सबैभन्दा धेरै क्षति सुदूरपश्चिम प्रदेशमा भएको छ । सुदूरपश्चिममा १० हजार नौ सय ३९ पशु मरेका छन् भने ५३ हजार तीन सय १६ सक्रिय सङ्क्रमित छन् । सङ्क्रमणको हिसाबले सबैभन्दा अगाडि कर्णाली छ । त्यहाँ सङ्क्रमित पशुको सङ्ख्या ६० हजार दुई सय नौ पुगेको छ । गाईभैँसीका बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी पशुलाईलाई बढी असर गर्ने लम्पी स्किनका कारण नेपालमा ३८ अर्ब ४१ करोडको क्षति भएको छ ।
आर्थिक प्रभाव
लम्पी छाला रोगले गाईवस्तु र भैँसीको उत्पादनमा ठूलो आर्थिक क्षति पु¥याउँछ । प्रभावित हुने विभिन्न सरोकारवालाहरू पशुपालक, दुग्ध किसान, दूध र मासु प्रशोधन र बिक्री गर्ने उद्योग, थोक तथा खुद्रा दुग्ध तथा मासु बिक्रेता, अग्र्यानिक खेती गर्ने समुदाय, गाईवस्तु ढुवानी र दाना उत्पादकहरू आदि हुन् । सरोकारवालाहरूमध्ये सबैभन्दा बढी असर भूमिहीन वा सीमान्तकृत गरिब, सार्नाे किसानहरूलाई पर्नेछ । यसको सम्पूर्ण भर्ना पशुपालनमा मात्र निर्भर छ । दुग्ध उत्पादनमा कमी, शरीरको अवस्था कम हुनु, छालामा क्षति, खडेरीले गोरुको शक्ति गुमाउनु, प्रजनन् समस्या र गर्भपतन, कमजोरी, पशु चिकित्सा उपचार, चकलेटी घाउ, मास्टाइटिस, अस्थायी वा प्यारामेन्ट अन्धोपनजस्ता माध्यमिक जटिलताका कारण आर्थिक घाटा हुने गरेको छ । सबैभन्दा बढी यस रोगले मृत्युदर निम्त्याउँछ । प्रभावित जनावरहरूमा ५ प्रतिशतसम्म प्रत्यक्ष क्षति हुन्छ । अन्य लागतहरूमा निगरानी र नियन्त्रण उपायहरूको राष्ट्रियलागत जस्तै जागरुकता अभियानहरू, अनुगमन र निगरानी कार्यक्रम, मरेका जनावरहरूका लागि क्षतिपूर्ति कार्यक्रम, प्रभावित खेतहरूको सरसफाइ र कीटाणुशोधन, नमुना र प्रयोगशाला परीक्षण, खोपहरू खरिद र खोप कार्यक्रमको प्रत्यारोपण, भेक्टरहरू समावेश छन् । नियन्त्रण, जीवित जनावर र उत्पादनहरूको आवागमन र शव व्यवस्थापनमा प्रतिबन्ध । देश र बाहिर जिउँदो जनावर तथा पशुजन्य वस्तुको निकासीमा प्रतिबन्ध लगाइएपछि व्यवसायी प्रभावित हुनेछन् ।
विभेदक निदान
एलएसडीको विभेदक निदानमा स्युडो एलएसडी, डर्माटोफिलोसिस, डर्माटोफाइटोसिस, बोवाइन फार्सी, फोटोसेन्सिटाइजेसन, एक्टिनोमाइकोसिस, एक्टिनोब्यासिलोसिस, अर्टिकेरिया, कीटको टोकाइ, बेस्नोइटिओसिस, नोकार्डियासिस, डेमोडिकोसिस, ओन्कोसेरसियासिस, स्युडोक्सिकोसिस, बोवाइन र मुखसम्बन्धी रोगहरू समावेश छन् । यदि होमोलोग्स खोप अभ्यास गरिएको छ भने भ्याक्सिन प्रेरित हल्का रोग विभेदक निदानका लागि विचार गर्नुपर्छ । नेपालमा हालको प्रकोपमा पहिलेको प्रकोपको तुलनामा रोगी गाईवस्तुको दर बढेको छ । गाईवस्तुहरूमा मृत्युदरउच्च छ । यस प्रकोपले डेरी किसानहरूको लागि ठूलो आर्थिक प्रभाव पारेको छ, सामाजिक सञ्जालमार्फत् गलत जानकारी फैलाउँदा त्यसको असर किसानलाई परिरहेको छ ।
लम्पी क्याप्री पोक्स भाइरसको कारणले हुने एउटा सङ्क्रामक एपिजुटिक रोग हो, जुन गाईवस्तुहरूमा फैलिन्छ । प्रसारणको प्रमुख मोड भेक्टर–बोर्न हो । लम्पीको लागि कुनै विशेष उपचार छैन । हालको निवारक उपायहरूमा खोप, गाईवस्तुको आवागमन नियन्त्रण र क्वारेन्टाइन, भेक्टर नियन्त्रण मार्फत जैविक सुरक्षा लागू गर्नुपर्ने अवस्था छ । यसले मानिसलाई असर गर्छ भन्ने कुनै प्रमाण छैन । सामाजिक सञ्जालमा एलएसडी फैलिएको कारण दूध मानव उपभोगका लागि असुरक्षित भएको छ र सङ्क्रमित जनावरको दूध पिउनाले मानिसमा छाला रोगको विकास हुन्छ । झुटो दाबीका कारण दुग्ध किसान मारमा परेका छन् । गुगल ट्रेन्ड्सको तथ्याङ्कअनुसार ३० दिनको बीचमा ‘के हामीले गाईको दूध पिउन सक्छौं’ को खोजीमा ५० हजारभन्दा बढी वृद्धि भएको छ । गलत सूचनाले मानिसहरूलाई दूध सेवन गर्न सजग बनाएको छ । एलएसडीले गाईवस्तु गुमाएपछि आर्थिक तनावमा रहेका दुग्ध किसानहरूले अहिले दूध किन्न नखोज्ने कारण थप बोझको सामना गरिरहेका छन् ।
वास्तविकता के हो भने एलएसडिभी एउटा क्षेत्रमा स्थापना भएपछि यसलाई हटाउन अत्यन्तै गाह्रो रोग हो । रोगको प्रकोप नियन्त्रण गर्नका लागि खोप एकदमै महŒवपूर्ण छ । त्यहाँ धेरै सुरक्षित र प्रभावकारी एलएसडी खोपहरू व्यावसायिक रूपमा उपलब्ध छन् । उदाहरणका लागि दक्षिणपूर्वी युरोपले सञ्चालन गरेको क्षेत्रीय खोप कार्यक्रम एलएसडिभी नियन्त्रणमा प्रभावकारी थियो । एसियामा एलएसडीका बारेमा सिक्न यस क्षेत्रमा रोग नियन्त्रण गर्न आवश्यक छ । हामी अफ्रिका र युरोपको अनुभवबाट मात्र हदसम्म एक्स्ट्रापोलेट गर्न सक्छौँ । किनभने भाइरस, होस्ट र वातावरण एसियामा सबै फरक छन् ।