श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि. सं. २०८० साल साउन ५ गते शुक्रबार, २१ जुलाई २०२३।पिङ्गलनाम संवत्सर, श्रावण शुक्लपक्षको तृतीया तिथि ०७ः१२ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र मघा १४ः०९ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०५ः२० बजे र सूर्यास्त ०६ः५९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा समय दिन नसकिएला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूका काममा चासो लिँदा झमेला बेहोर्नु पर्ला। तापनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रा गर्ने अवसर जुट्न सक्छ।आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुनसक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
फाइदा मात्र हेर्दा काम बिग्रन सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ काम प्रारम्भ गर्ने समय छ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्ति कलामा निखारता आउनेछ। काममा साथ दिनेहरू बढ्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। रमाइलो यात्रा हुनेछ।स्वादिष्ट भोजन प्राप्त हुनेछ।