विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईई कप अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल विजय भएका छन् ।
विराटनगर - १ स्थित डन बस्को स्कुलको खेल मैदानमा बिहीबार भएको खेलमा विराटनगरको पोखरीया मावि, दिल्ली पब्लिक स्कुल, मोरङ कटहरीको प्रजातन्त्र मावि, सुनसरीको स्काइ बोर्डिङ स्कुल र दुहबीको माउण्ट मनासलु स्कुल विजयी भएका हुन् । पहिलो खेलमा पोखरीया स्कुलले सुनसरीको खनार मोडल एकेडेमीलाई ४–० गोलले पराजित ग¥यो । जितको लागि पोखरीयाको तर्फबाट निशान्त राय, अभिषेक कामत, लवन रिजाल र युनिस चौधरीले समान १–१ गोल गरे । खेलको म्यान अफ द म्याच पोखरीयाका निशान्त राय घोषित भए ।
दोस्रो खेलमा प्रजातन्त्र माविले लालीगुराँस एकेडेमी स्कुललाई ४–० गोलले निराश बनायो । प्रजातन्त्र माविकोतर्फबाट धीरज उराव, ओम राजवंशी, रोशन सरदार ‘ए’ र रोशन सरदार ‘बी’ ले समान १–१ गोल गरे । म्यान अफ द म्याच रोशन सरदार घोषित भए । तेस्रो खेलमा दिल्ली पब्लिक स्कुलले विराटनगरको देवकोटा पब्लिक स्कुललाई ६–० गोलले हरायो । डिपिएसका अभिषेक साहले ह्याट्रिक पूरा गर्दै ४ गोल गरे भने जिनिल विष्ट र निरजान खड्काले समान १–१ गोल गरे । म्यान अफ द म्याच अभिषेक साह भए ।
चौथो खेलमा स्काइ स्कुलले विराटनगरको अर्पण स्कुललाई ३–१ गोलले पराजित ग¥यो । जितको लागि स्काइ स्कुलको तर्फबाट दीपेन कार्कीले २ र विवेक राईले एक गोल गरी टिमको जित बनाए । अर्पणको तर्फबाट सान्त्वना गोल सुयोग अर्यालले फर्काए । म्यान अफ दि म्याच अर्पणका अभिषेक मगर घोषित भए । पाँचौं खेलमा माउण्ट मनासलु स्कुलले नरग्राम माविलाई २–० गोल निराश बनायो । जितको लागि सरोज चौधरी र अभय चौधरीले गोल गरे । खेलको म्यान अफ द म्याच नरग्रामका सुप्रिम खड्का घोषित भए ।
आज (शुक्रबार) पनि पाँचवटा खेल हुने खेल संयोजक बिक्की कार्कीले जानकारी दिए । सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । साउन १३ गतेसम्म हुने उक्त प्रतियोगितामा मोरङ र सुनसरीका ४५ वटा विद्यालय सहभागी रहेको संयोजक कार्कीले जानकारी दिए ।