श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन ६ गते शनिबार, २२ जुलाई २०२३, पिङ्गलनाम संवत्सर । श्रावण शुक्ल पक्षको चतुर्थी तिथि ०९ः४० बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पूर्वफाल्गुनी १७ः१० बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः२१ बजे र सूर्यास्त ०६ः५९ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समय अनुकूल नै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ । घर–व्यवहारले पनि अल्मल्याउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ काम थाल्न समय पर्खनु पर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। तापनि मिहिनेतले सफलता दिलाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सहयोग र बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। सन्तान वा अनुयायीको सल्लाह, सहयोगले लाभ दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
असमझदारी बढ्नेछ भने घरेलु समस्याले पनि निराश तुल्याउन सक्छ । सामाजिक क्षेत्रमा केही अवसर प्राप्त हुनेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला । मिहिनेतले काम सम्पादन हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । लेनदेन तथा हिसाब–किताबमा होसियार रहनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन् । करकापमा परी काम गर्नुपर्ने परिस्थिति आउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सोख पूरा गर्न सञ्चित रकम खर्च हुने देखिन्छ । अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ । बोलीको भरमा चिताएको काम बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सम्मानित स्थान प्राप्त हुन सक्छ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापारमा पनि प्रशस्त लाभ हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।