श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन ७ गते आइतबार, २३ जुलाई २०२३, पिङ्गलनाम संवत्सर । श्रावण शुक्लपक्षको पञ्चमी तिथि ११ः५९ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र उत्तरफाल्गुनी १९ः५९ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्याेदय ०५ः२१ बजे र सूर्यास्त ०६ः५८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समयतालिका नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ।    
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेत गर्दा बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सफल भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुनसक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ।   
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धेरै फाइदा नहुने काममा समय बित्नेछ। आफन्तजन, साथीभाइ टाढिन सक्छन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दोहो¥याएर प्रयत्न गरे रोकिएको काम बनाउन सकिनेछ। बेलामा होस नपु¥याउँदा केही चुनौती आउन सक्छन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। दाजुभाइमा असमझदारी बढ्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारमा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन्। तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायमा सामान्य लाभ हुनेछ तर, चिताएको दाम नउठ्न सक्छ। मिहिनेतले काम बनाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धन आर्जन हुनेछ भने काममा पनि सफलता मिल्नेछ। लेखनकलामा निखारता ल्याउन अझ मेहनत गर्नुपर्ला।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लक्ष्य पहिल्याउन सकिनेछ। ईष्र्या गर्नेहरूले भने अलि दुःख दिनेछन्।