श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन ८ गते सोमबार, २४ जुलाई २०२३, पिङ्गलनाम संवत्सर, साउन शुक्ल पक्षको षष्ठी तिथि १३ः५६ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र हस्ता २२ः२४ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः२२ बजे र सूर्यास्त ०६ः५८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसिक काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ योजनातर्फ अग्रसर भइनेछ। विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ।    
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूका लागि रकम र बुद्धि खर्चनु पर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ।   
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्दा दुःख पाइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुनसक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला । विनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। दोहो¥याएर प्रयत्न गरे काम बन्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ।   
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।