श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन ९ गते मङ्गलबार, २५ जुलाई २०२३, पिङ्गलनाम संवत्सर । श्रावण शुक्ल पक्षको सप्तमी तिथि १५ः२२ बजेसम्म उप्रान्त अष्टमी, नक्षत्र चित्रा भोलि ००ः१५ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः२२ बजे र सूर्यास्त ०६ः५७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। विजय प्राप्त हुनेछ भने ईष्र्या गर्नेहरूले हार खानेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महŒवाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ । चिताएको काम रोकिन सक्छ। योजना अधुरै रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसर र व्यवधानकाबीचबाट कर्मयोग अघि बढ्नेछ । स्वास्थ्य कमजोर रहनाले ध्यान केन्द्रित नहुन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । धैर्य एवम् लगनशीलताले उपलब्धि दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सन्तानको साथले उत्साह जगाउनेछ । चुनौतीभित्र अवसर खोज्ने समय छ । काम दोहो¥याउनु पर्ने हुनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । सोचेको उपलब्धि तत्काल नपाइएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्ना सूचना बाहिरिने समय छ । गोपनीयतामा विशेष ध्यान पु¥याउनुहोला । असमझदारी देखापर्ने सम्भावना छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट सम्मान पाइनेछ।