श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन १० गते बुधबार, २६ जुलाई २०२३, पिङ्गलनाम संवत्सर । श्रावण शुक्लपक्षको अष्टमी तिथि १६ः०५ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र स्वाती भोलि ०१ः२१ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः२३ बजे र सूर्यास्त ०६ः५७ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
साथीभाइसँग रमाइलो भेट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।अध्ययनमा रुचि बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कामको योजना बन्न सक्छ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । काममा सहजता आउनेछ।    
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्राका क्रममा अतिथिका रूपमा सत्कार पाइनेछ । दिन रमाइलो रहनेछ।प्रतिस्पर्धामा उत्रनु पर्ने समय छ ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गलत व्यक्तिको विश्वास गर्नाले धोका हुनसक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला।    
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिस्पर्धी बढ्नाले काममा चुनौती थपिनेछ। बाधा पु¥याउनेहरू प्रशस्तै हुनेछन् । आफ्नो पक्ष कमजोर रहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । रोकिएको कामले गति लिनेछ । पारिवारिक काममा समय बित्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ । बेसुरमा दिइएको वचनले आफैलाई अप्ठ्यारो पर्न सक्छ ।     
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्तको भरपर्दा काम बिग्रन सक्छ । दिगो योजनामा सहयोगी चयन गर्न राम्ररी सोचविचार गर्नुहोला।