कोशी प्रदेश सरकारको मुख्य मन्त्री नियुक्ति बदरको माग राख्दै परेको रिटमाथि  पूर्ण इजलासले आज (बुधबार) अन्तिम फैसला दिन सक्ने देखिएको छ ।  हिजो (मंगलबार) सर्वोच्च अदालतको पूर्ण इजलासमा भएको सुनुवाइ हेर्दा हेर्दैमा सकिएको  थियो । 

वादीका तर्फको बहस हिजै  सहिएकाले आज प्रतिवादी तर्फको मात्र  बहस चलिरहेको छ ।   खाजा समय अघिसम्म बहस सक्ने तयारी गरिएको भएको जाइएकोले आज नै बहस सकिएर फैसला आउने देखिएको हो ।

 रिटमा निवेदकका तर्फबाट अधिवक्ताहरु टीकाराम भट्टराई, भीमार्जुन आचार्य, बद्रीबहादुर कार्कीलगायतले बहस गरेका थिए । तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता सञ्जीव रेग्मी र विश्व कोइराला, डा टेकबहादुर घिमिरे र महान्यायाधिवक्ता राजेन्द्र बस्नेतले बहस गरेका थिए ।