सुन तस्करीका नाइकेलाई सरकारले संरक्षण गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आरोप लगाएका छन् ।

बुधबार संसद बैठकमा बोल्दै सांसद लामिछानेले सरकारले ट्याक्सी ड्राइभर र सुन बोक्ने भरियालाई समातेर मालिकको संरक्षण गरेको आरोप लगाएका हुन् । सरकारले भ्रष्टाचारका प्रकरणको जरासम्म नपुग्ने तर अलिअलि गर्न खोजेको जस्तो मात्र आरोप लगाए । 

सांसद लामिछानेले सुन तस्करी प्रकरणबारे रास्वपाले संसदमा संकल्प प्रस्ताव पेश गरेको जानकारी दिँदै त्यसमाथि छलफल गराउन सभामुखसँग आग्रह गरे ।