सरकारको खर्च घटाउन प्रदेश संरचना खारेज गर्नुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् । उनले नेपाली सेनाको संख्या कटौती गर्न आएको प्रस्तावमाथि सरकारको धारणासमते माग गरेका छन् ।
बुधबार संसद बैठकमा बोल्दै उनले रक्षामन्त्रीको धारणा मागेका हुन् । लिङ्देनले खर्च घटाउन सेनाको संख्या कटौती गर्ने होइन, प्रदेश संरचना खारेज गर्नुपर्ने बताए ।
‘अहिले नेपाली सेनाको संख्या घटाउने कुराहरु आइराखेका छन्, वा सेनाविहीन देश बनाउने कुरा आइरहेका छन् । म यसमा माननीय रक्षामन्त्रीको धारणा माग गर्दछु’ उनले भने ‘सरकारको खर्च घटाउन सेनाको संख्या कटौती गर्ने होइन, प्रदेश खारेज गर्नुपर्छ । किन चाहियो प्रदेश ? केन्द्रमा किन चाहियो दुईवटा सभा ? स्थानीय तहलाई प्रभावकारी बनाऔँ, प्रदेश खारेज गरौँ।’
लिङदेनले सुन तस्करी प्रकरणमा सरकारले मुख्य मालिकहरुको संरक्षण गरेको आरोप पनि लगाए।