श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन ११ गते बिहीबार, २७ जुलाई २०२३, पिङ्गलनाम संवत्सर । श्रावण शुक्लपक्षको नवमी तिथि १६ः०० बजेसम्म, उप्रान्त दशमी, नक्षत्र विशाखा भोलि ०१ः३८ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः२४ बजे र सूर्यास्त ०६ः५६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।     
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पु¥याउनु होला । अरूले फाइदा उठाउन सक्छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। चिताएका काममा बाधा पु¥याउनेहरू प्रशस्तै हुनेछन्।     
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्य सबल रहनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा उपलब्धि प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सन्तान वा अनुयायीले साथ दिनेछन्।नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला।    
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ।