झापाको मेचीनगर नगरपालिका ६ स्थितबाट प्रहरीले अवैध सामान बरामद गरेको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैधरुपमा भन्सार छली नेपाल भित्र्याउदै गरेको अवस्थामा मोवाइलको कभर ६८ थान र एयरफोन २ सय २५ पिस समेत गरी करिव १ लाख ३ हजार रुपैया बराबरको सामान बरामद गरेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
बरामद भएका सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाइएको छ ।