श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन १२ गते शुक्रबार, २८ जुलाई २०२३, पिङ्गलनाम संवत्सर। श्रावण शुक्ल पक्षको दशमी तिथि १५ः०३ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र अनुराधा भोलि ०१ः०५ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०५ः२४ बजे र सूर्यास्त ०६ः५५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामको चापबाट फुर्सद पाइनेछ। नयाँ व्यवसाय थालनी हुनेछ। मनोरञ्जनको समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। साँझतिर विवादास्पद जिम्मेवारी आउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अस्वस्थताले काममा बाधा पु¥याउनेछ। तापनि परिस्थिति सुल्झाएर फाइदा उठाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ । आहार विहारमा ध्यान पुर्याउनु होला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ । साँझतिर स्थितिमा सुधार आउनाले फाइदा हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अतिथिका रूपमा सत्कार पाइनेछ। रमाइलो पारिवारिक भेटघाट पनि हुनेछ। भौतिक साधन प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ।