धरान उपमहानगरपालिका र रंगेली नगरपालिकामाबाट लागु  औषध  ब्राउनसुगरसहित  प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा  कोशी प्रदेश प्रहरी कार्यालय पीआइटीकाे  टोलीले धरान ८ बाट ५ जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

कार्यालयका अनुसार बिहीबार धरान ८ बाट २ ग्राम ब्राउनसुगरसहित  स्थानीय २२ वर्षीय साजन बिक,३३ वर्षीय सिताराम तामाङ, ४२ वर्षीय जनक राई, ३५ वर्षीय रबिन बराइली र २४ वर्षीय आलोक मगरलाई पक्राउ गरेको हो । 

त्यस्तै, इलाका प्रहरी कार्यालय रंगेलीले रंगेली नगरपालिका ४ बाट ४ ग्राम ७ सय ९० मिलिग्राम ब्राउनसुगरसहित साइकल यात्री देश भारतका ७० वर्षीय भल्लु पासवानलाई पक्राउ गरेको कार्यालयले जनाएको छ । 

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।