श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन १३ गते शनिबार, २९ जुलाई २०२३, पिङ्गलनाम संवत्सर । श्रावण शुक्ल पक्षको एकादशी तिथि १३ः१७ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र ज्येष्ठा भोलि २३ः४५ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०५ः२४ बजे र सूर्यास्त ०६ः५५ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आम्दानी लिने अवसर आए पनि स्वास्थ्यका कारण न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जिउ गल्ने र काम गर्न मन नलाग्ने समस्याले सताउनेछ। बाध्यताले काममा जुट्नैपर्ने अवस्था आउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यमा केही आउने सम्भावना छ । आफफन्तजन र सहयोगीले साथ दिनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायका लागि यात्रा सम्भावना छ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानी प्रशस्तै हुनाले उपभोग्य सामग्री खरिद गर्न सकिनेछ ।मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने ईष्र्या गर्नेहरूले हार खानेछन् । आफ्नो अधिकार स्थापित गर्न सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू परास्त हुनेछन् । व्यापारमा लाभ हुने हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
महत्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ । सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ।