–प्रदीप आचार्य
देश नै त हो पहिचान सबैको
विना देश हुन्न पहिचान कसैको
मानिसहरु ती देश भएरै
चिनिने गर्छन् जनता भनेरै
तिनै देशका जनले गरेर
पहिचान बन्ने आफ्नो भनेर
त्यस्तै थियो देश नेपाल हाम्रो
विगतमा विख्यात पहिचान राम्रो
गोर्खाली वीर भनेर चिनिने
विश्वमा साहसी सेना भनिने
देश यो कसैको गुलाम भएन
कहिले कसैको अधीनमा रहेन
समृद्ध थियो देश प्राकृतिक दृष्टिले
खियाएर नङ्ग्रा आफ्नै श्रमले
अमरसिंह, बलभद्र, भीमसेन थापा
पृथ्वी हाम्रा देशका विधाता
यिनैका खुन पसिनाले गरेर
देश यो चिनियो नेपाल भनेर
यसतो सुदृढ देशका हामी
कता हरायेों स्वयम् नजानी
नसुनेको कहिले नदेखेको कहिले
कस्तो भयो हाम्रो देश यो अहिले !
विकृत राजनीति नेता यी गर्छन्
नेपालीबीच सदा शत्रुता भर्छन्
देश मिचिँदा नकोही बोल्छन्
राष्ट्रको सदा घात यी गर्छन्
प्रभू भक्तिमा सदा लिप्तै भएर
देशलाई सदा आघात गरेर
प्रभूकै निर्देशनमा चल्ने
कस्ता भए नेता देशलाई डस्ने
साहस यिनको सबै गिरेको
विदेशीका पाउमा छ शिर झुकेको
यस्तो अवस्थामा बालेन बोले
अदम्य साहसको चित्कार खोले
ग्रेटर नेपाल उद्घोष गरेरै
जनभावना उजागर गरेरै
चर्चित बने विश्वमा अहिले
नेपालको शिर उठाउन जहिले
श्रम संस्कृतिको विकास गराई
अघि बढे हर्क धरान जगाई
पानी ल्याउने स्वच्छ अभियानमा
दिन रात नभनी जुटेका त्यसमा
वृक्षरोपण सर्वत्र गराई
हरितगृहको भावना जगाई
अभियान यिनको स्वच्छ रहेको
छैन द्विमत त्यसमा रहेको
चर्चा नचाहने गोपाल हमाल
विकासमा डटेका छन् कमाल
स्वतन्त्र मेयरको स्वच्छ अभियानमा
अड्चन बनेका छन् नेता देशमा
नेता कर्मचारीको साँठगाँठले गरेर
गर्नेलाई लडाउने अभियान रचेर
अनेकन् हतकण्डा अपनाउँछन् यहाँ
हतोत्साहित गर्न स्वतन्त्रलाई त्यहाँ
आरोप प्रत्यारोप अनेकन् लगाउँछन्
देशभक्तलाई सदा नकार्छन्
दोषीले सदा यहाँ मुक्ति पाउने
निर्दोषलाई गर्छन् मुद्दा चलाउने
विचित्रको छ देश यो हाम्रो
नाङ्गो नाच सदा चलेको नराम्रो
भुटानी शरणार्थी नागरिकता काण्ड
ओम्नी ललिता निवास अनेकौं प्रकाण्ड
बालेन अपराधी प्रधानमन्त्री छुट
कस्तो हो यो देशको न्यायको रूट !
सडक–सडकमा छन् जनता उठेका
दोषीलाई कारबाही गर भन्दै गरेका
कतिन्जेल चल्ने हो नेताको ठाँट
शीर्षस्थ अपराधी बचाउने फाँट
प्रश्न छ जनको यो देशलाई आज
न्याय अन्यायको निराकरण माझ ।