श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल श्रावण १४ गते आइतबार, ३०जुलाई २०२३, पिंगल संवत्सर, श्रावण शुक्ल पक्षको द्वादशी तिथि १००ः४७ बजेसम्म उप्रान्त त्रयोदशी, नक्षत्र मुल भोलि २१ः४४ बजे सम्म पुर्वषाढा, चन्द्रराशि– धनु, सुर्योदय ०५ः२५ बजे र सुर्यास्त ०६ः५४ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ । जीवनशैली व्यस्त रहे पनि महत्वका काममा समय बित्नेछ ।    

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कमजोर नतिजा सच्याउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दौडधुपले कमजोरी अनुभूति हुन सक्छ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अर्थ अभावले पनि मन पिरोलिन सक्छ।महत्त्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। वादविवादमा अघि नसर्नुहोला। मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ।       

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनग्य आम्दानी हुनेछ र सुविधाका वस्तु प्राप्त हुनेछन् । कामको चाप बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
केही दौडधुप गर्नु परे पनि फाइदा हुनेछ । भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिगो काम प्रारम्भ हुन सक्छ । कामले प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ।