श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन १५ गते सोमबार, ३१ जुलाई २०२३, पिङ्गलनाम संवत्सर । श्रावण शुक्ल पक्षको त्रयोदशी तिथि ०७ः४१ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पूर्वाषाढा १९ः१३ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०५ः२६ बजे र सूर्यास्त ०६ः५४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको सहयोगमा जुट्नुपरे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मेहनतले राम्रै उपलब्धि दिलाउनेछ । रोकिएका कामसमेत सम्पादन हुनेछन् । विशेष जिम्मेवारी दिलाउन सक्छ।   
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ । तर, मेहनतको फल अरूको हातमा पुग्न सक्छ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। सामान्य कामका लागि दौडधुप गर्नु पर्नेछ।         
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले काम दोहो¥याउनु पर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
केही खर्च लागे पनि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइका लागि केही खर्च हुन सक्छ। अभिभावकको गुनासो सुन्नुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ।   
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विश्वास जित्न समय लागे पनि दिगो फाइदा हुने काम थालिनेछ । आफन्तले नै सहयोग गर्नेछन् ।