साउदी अरबको दुरदराजमा रहेको ताबुक क्षेत्रमा राहदानी नवीकरण , नवीकृत राहदानी वितरण र श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गैर आवासीय नेपाली सघं , क्षेत्रीय समन्वय समिति ताबुक संयोजकत्वमा नेपाली महावाणिज्य दूतावास जेद्धाले यही २८ देखि २९ जुलाई २०२३ सम्म राहदानी नवीकरण फाराम सङ्कलन, नयाँ बनेर आएको राहदानी वितरण , श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको ।
कार्यक्रममा महावाणिज्य दूतावास जेद्दाबाट श्रम सहचारी तमराज काफ्ले कर्मचारीहरू, जमल बुरहान, दिनेश पण्डित र राजु बास्केटबाट सहजीकरणको सेवा प्रदान गरिएको थियो ।
सुविधा लिन ताबुक लगायत आसपासका क्षेत्रहरू दुबा, हाकल, शर्मा, अलवज, आरार, ताइमा लगायत ६ सय किलोमिटर क्षेत्रबाट नेपालीहरू आएका थिए । एक दिने कार्यक्रमको घोषणा गरिएको भए पनि सेवाग्राहीको चापका कारण थप एक दिन लम्बिएको महावाणिज्यदूतावासले जनाएको छ । दूतावासका अनुसार उक्त अवधिमा ८ महिला सहित ३९१ जनाले सेवा लिएका थिए ।
राहदानी नवीकरणको घुम्ती सेवा सम्पन्न गर्न गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुक, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरेबियाले पदाधिकारी तथा सदस्यहरूले भूमिका खेलेका थिए ।
सो अवसरमा गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुक को ९ औँ वार्षिकोत्सव संस्थाका संस्थापक तथा सल्लाहकार भक्त बहादुर हमाल र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष साथै आरसीसिका सल्लाहकार अर्जुन थापाले केक काटेर मनाइएको थियो ।