धरान उपमहानगरपालिकाले धरान ८ स्थित सभागृहमा सर्वसाधारण नागरिकका लागि डेंगीको निःशुल्क परीक्षण र उपचार शिविर सञ्चालन गरेको छ । 

सोमबारदेखि सभागृह परिसरमा डेंगी परीक्षण शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जानकारी दिए । 

‘शिविरमा नागरिकले निःशुल्क परीक्षण सेवा प्राप्त गर्नेछन्, साथै रिपोर्ट र लक्षणअनुसारको औषधिसमेत दिंदै आएका छौं,’ प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, ‘सारै भएका बिरामीका लागि बेडसमेतको  व्यवस्था गरेर उपचार पनि गर्ने तयारी छ ।’ 

dengue dharan blastkhabar.com (2)

यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा समेत  परीक्षणको  व्यवस्था गरिएको छ । धरान वडा नं. १४ ले वडावासीका लागि निःशुल्क उपचार शिविर सञ्चालन गरिरहेको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।   

धरानमा डेंगी प्रकोपका रुपमा फैलिएको छ । डेंगीका कारण धरानमा ८ जनाको मृत्यु भएको छ भने ३ हजार ९ सय ८१ जनाको परीक्षण गर्दा  २ हजार ३ सय ५३ जनामा डेंगी पोजेटिभ देखिएको छ । 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्यांकअनुसार परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगीको सङ्क्रमण देखिएको छ । 

dengue dharan blastkhabar.com (3)

dengue dharan blastkhabar.com (4)